उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा मृत्यु भएका स्याङ्जाका कोरोना संक्रमित पुरुषको शव करिब १३ घण्टापछि व्यवस्थापन गरिएको छ । गएराति मृत्यु भएका स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको शव पोखरा महानगरपालिका-३२ मजुवामा व्यवस्थापन गरिएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
शव व्यवथापनका क्रममा केहीबेर तनाव समेत उत्पन्न भएको थियो । शव गाड्नका निम्ति खाल्डो खन्न डोजर पुगेको थाहा पाएपछि स्थानीयले शव बोकेको गाडी समेत रोकेका थिए । टायर बालेर स्थानीय प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले केही राउण्ड हवाइफायर समेत गरेको थियो ।
शव व्यबस्थापन गर्न नदिने भन्दै स्थानियले प्रहरीटोली माथि ढुङ्गामुडा गर्न थालेपछि झडपकै स्थिति सिर्जना हुँदा प्रहरीले हवाइफायर र लाठीचार्ज गरेको थियो । सो क्रममा केही स्थानीय घाइते भएका छन् र केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
उपचारका लागि ८ असारमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको बुधबार राति ११:३५ मा मृत्यु भएको थियो । मधूमेह र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको