जेठ २८, काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, महामारीले जनतामा परेको असर समाधानका लागि सरकारले चाल्नुपर्ने कदमलगायतका बारेमा कांग्रेसले आज (बुधबार) सरकारको ध्यानाकर्षण गराउन लागेको हो ।
जेठ २६ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले ‘कोभिड १९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने’ निर्णय गरेको थियो ।
बैठकले प्रधानमन्त्री ओलीको ध्यानाकर्षणका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने पनि निर्णय गरेको थियो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले वरिष्ठ नेता पौडेलको नेतृत्वमा बिहान १० बजे बालुवाटार जान लागेको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाउने जानकारी दिएका छन् ।
प्रतिपक्षी कांग्रेसले कोरोना महामारीविरुद्धको लडाइँमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकाल्दै जिल्लादेखि संघीय संसद्सम्म सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने रणनीति लिएको छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको