June 5, 2020

आजदेखि विदेशमा अलपत्र नागरिक ल्याइँदै

सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा शुक्रबारबाट उद्धार सुरु गर्दैछ । शुक्रबार संयुक्त अरब इमिरेट्स युएई र म्यानमारबाट ३०० को हाराहारीमा नेपालीहरुलाई स्वदेश ल्याइँदैछ ।

यसरी उद्धार गरिएकाहरुलाई काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरूमा प्रदेशगतरूपले कम्तीमा एउटा ‘होल्डिङ सेन्टर’मा राख्ने व्यवस्था मिलाइएको छ । कोरोना महामारीकाबीच विभिन्न मुलुकहरुबाट उद्धार गरी ल्याइने नेपालीहरुमा वाग्मती प्रदेशकालाई काठमाडौंको वसुन्धारामा रहेको यती पार्टी प्यालेसमा राख्ने व्यवस्था मिलाइएको छ ।

गण्डकी प्रदेशका लागि वसुन्धारामा रहको स्काई जोन पार्टी प्यालेस छानिएको छ । यस्तै, भक्तपुरमा रहेको पार्टी प्यालेसमा भने प्रदेश नम्बर–१ र २ का लाई राखिनेछ ।

प्रदेश नम्बर–५ का लागि कुण्डलिनी दरबार ब्यांकेटलाई होल्डिङ एरिया तोकिएको छ । प्रदेश नम्बर–६ का लागि ललिपुरको महालक्ष्मीस्थानमा रहेको मण्डला हाउस पार्टी प्यालेसलाई छानिएको छ । प्रदेश नम्बर–७ का लागि भने सिद्धार्थ पार्टी प्यालेस तय भएको छ ।

वैकल्पिकस्थलको रुपमा काठमाडौंको मिराकल पार्टी प्यालेस र ललितपुरको डिलाइट पार्टी भेन्यु छानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको