जेठ १८, काठमाडौं : स्वस्थ र दीर्घजीवी बन्न चाहनुहुन्छ ? त्यसो भए धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन आजै त्याग्नुहोस्। कोरोना भाइरस (कोभिड–१९) को जोखिम पनि सूर्ति सेवनकर्तामा बढी छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रकाशन गरेको प्रतिवेदन अनुसार, कोभिड १९ को संक्रमण सुर्तीजन्य पदार्थको सेवनकर्तामा गम्भीर देखिएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम भन्छन्, ‘धूमपानले कोरोना संक्रमणको जोखिम बढाउँछ। धूवाँले फोक्सोमा असर गर्छ। स्वासप्रश्वास प्रणालीमा क्षति पु¥याउँछ। रोग प्रतिरोधात्मक क्षमता घटाउँछ। त्यस्तालाई कोरोना संक्रमणले जटिलता ल्याउँछ।’
न्युमोनिया, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी), ब्रोङकाइटिस, दमलगायत श्वासप्रश्वासजन्य समस्या निम्त्याउने कारक तत्व धुम्रपान भएको डा. बमको भनाइ छ। सुर्तीजन्य पदार्थ सेवनले फोक्सोमा पहिल्यै क्षति गराइसक्ने हुँदा कोभिड १९ ले फोक्सोलाई झन बढी असर गर्ने डा. बमले बताए। श्वास प्रश्वासका साथै मस्तिष्क, मुटु र रक्त संचार प्रणालीलाई समेत धुम्रपानको सेवनबाट असर पुग्छ। क्यान्सर, दम, मुटुरोग, खोकी, मधुमेहजस्ता दीर्घ रोग लाग्नुका प्रमुख कारण पनि सुर्तीजन्य पदार्थ भएको चिकित्सकको भनाई छ।
सर्जिकल अङकोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष एवं बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.प्रकाशराज न्यौपानेले धुमपानका कारण रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने हुँदा कोरोना संक्रमण भए मृत्यु हुने संभावना बढी भएको बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)