काठमाडौं, २२ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच जारी छलफल सकिएको छ । सोमबार अपराह्न सकिएको छलफलमा अध्यक्षद्वय मंसिर ४ गते भएको सहमति कार्यान्वयन दृढतापूर्वक लागू गर्ने निष्कर्षमा पुगेको बताइएको छ ।
मुख्यत: मंसिर ४ गतेको सम्झौता पालना गर्ने र सरकार र पार्टी सञ्चालन परामर्शमा गर्ने समझदारी बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नयाँ सहमतिअनुसार अध्यक्षद्वयको वरियताक्रम यथावत रहनेछ भने ओली सरकारको काममा र प्रचण्ड पार्टीको काममा केन्द्रित हुनेछन् ।
पार्टीका बैठकहरु संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने र आमरुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने सहमतिलाई आउँदा दिनमा लागू गर्ने समझदारी बनेको छ । ओली पाँचै वर्ष प्रधानमन्त्री रहनेछन् भने पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयले आपसी सल्लाह गरेर अगाडि बढ्ने सहमति भएको बताइएको छ ।
अध्यक्षद्वयले पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भने पनि माधव नेपाल पक्षले उठाएको एक व्यक्ति एक पदको बारेमा भने कुनै समझदारी कायम गर्न सकेका छैनन् । नेपाल समूहले २५ गतेको स्थायी समिति बैठकमा उक्त एजेन्डालाई प्राथमिकताको साथ उठाउने जनाएको छ ।
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक