April 26, 2020

सुक्खा बन्दरगाहमा रोकिए पैतीस सय कन्टेनर

चैत ११ गतेदेखि जारी लकडाउनका कारण गन्तव्यसम्म जान नपाई खाद्यान्नलगायतका सामग्रीले भरिएका करिब तीन हजार पाँच सय कन्टेनर वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा थन्किएर बसेका छन् । यसबाहेक विशाखापाटनम बन्दरगाहमा २५०० सय र कोलकोत्तामा २३० वटा कन्टेनर रोकिएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपकप्रसाद गौतमले लेखेका छन् । 

कन्टेनरमा आएका सामग्री या कन्टेनर नै लगेर खाली गर्न नसकिएको तर कन्टेनर आउने क्रम जारी रहेकाले एक हजार पाँच सय कन्टेनर राख्न सकिने क्षमता रहको यो सुक्खा बन्दरगाहमा पछिल्लो समयमा यति धेरै कन्टेनर थन्किएका हुन् ।

तेस्रो मुलुकबाट आयातीत सामग्री बोकेर भारतको कोलकत्ता र विशाखापटनम बन्दरगाहबाट रेलमार्ग हुँदै कन्टेनर वीरगञ्जको सुक्खा बन्दरगाह आउने गर्दछन् । 

मरिच, केराउ, तोरी, मकै, कुखुराको दाना, हरियो तथा पहेँलो मटर, खाद्यान्न, रासायनिक मल, तेल, फलाम, स्टिल उद्योगका कच्चा पदार्थ रेल मार्गबाट वीरगञ्जको सुख्खा बन्दरगाहमा आउने गर्दछन् तर लकडाउनका कारण यहाँबाट अन्यत्र सामग्री लैजान ट्रक तथा कन्टेनर बोक्ने लरीलगायतका भाडाका सवारीसाधन अभावमा बन्दरगाहमा नै सामग्री अड्किएपछि खाली हुन नपाएका कन्टेनर पनि थन्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर