प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नैपर्छ : प्रचण्ड

फागुन १६, चितवन ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णय जसरीपनि मान्ने बताएका छन ।  

प्रेस संगठन चितवनले  शुक्रबार  भरतपुर विमान स्थलमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले  सचिवालय बैठकले गरेको निर्णय जसरी पनि मान्नु पर्ने बताएका हुन् ।  

उनले राष्ट्रिय सभा सदस्यमा एक जना सदस्य सिट खाली भएकाले त्यहाँ पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई लैजाने भन्ने निर्णय गरेकाले गौतम जसरी पनि जाने दाबी गरे ।  प्रधानमन्त्रीले वामदेवलाई सिफारिस गर्नु हुन्न भन्ने पत्रकारको प्रश्नमा उनले फागुन २१ गते भित्र प्रधानमन्त्रीले  पार्टीको निर्णयलाई सिफारिस गर्ने बताए ।

यसअघि आज बिहानै नेकपाका चार शीर्ष नेताबीच प्रचण्ड निवास खुमलटारमा भेटबार्ता भएको थियो । बुधबार सचिवालय बैठकले राष्ट्रियसभामा बामदेव गौतमलाई लैजाने निर्णय गरेपछि सो विषयमा नेकपा भित्र कलह उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता