November 10, 2019

कांग्रेस जिताउ अभियानसँगै तरुण दलको ‘निर्वाचन यात्रा’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट तरुण दलले आइतवार भक्तपुर क्षेत्र नम्बर १ ‘क’बाट तरुण निर्वाचन यात्रा २०७६ प्रारम्भ गरेर गरेको छ ।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले आफ्नो निर्वाचन यात्रा ‘कांग्रेस जिताऔ अभियान’ भएको बताए ।

अभियानअन्तर्गत भक्तपुरदेखि पोखरा, बाग्लुङ, चितवन, दाङ हुँदै कोहलपुरसम्म चुनावी विशेष प्रचार अभियान संचालन हुने शाहीले बताए ।

तरुण युवाको टोलीले विभिन्न निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरुको समन्वयमा चुनावी प्रचार, र्याली, घरदैलो, सभा, तरुण युवासँग अन्तरक्रिया, मतदातासँग अन्तरसंवाद लगायत विभिन्न कार्यक्रमहरु गर्नेछ ।

कम्युनिस्ट सरकारको भ्रष्टाचार, अधिनायकवाद, लम्पसारवाद, नालायकीपनकाविरुद्ध कांग्रेस उम्मेदवारलाई बिजयी गराउन यो अभियान संचालन गरिएको दाबी शाहीले गरे ।

शाहीले भ्रष्टाचार, कुशासन, निरङ्कुशता, महंगीविरुद्ध आगामी मङ्सिर १४ को उपनिर्वाचनमा कांग्रेसलाई बिजयी गराउनुको कुनै पनि विकल्प नरहेको सन्देश जनतालाई दिन तरुण दल सक्रिय भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता