काठमाडौँ, । सभामुख कृष्णबहादुर महरामाथि आरोप लगाउने महिला रोशनी शाहीले नै महरामाथिको आरोप कपोकल्पित भएको बताएकी छिन् । उनले आफुलाई प्रयोग गरेर महरालाई फसाउन लागिएको स्पष्टोक्ति दिएकी छिन् ।
उनले महरा निर्दोष र रहेको र आफु प्रयोग भएको कुरा आफ्नौ फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् । उनले काँग्रेसी मिडियाले आफुलाई जबरजस्ती सभामुखको बिरुद्धमा बोल्न लगाइएको बताएकी छिन् । आफु र आफ्नो श्रीमानको ज्यान लिने धम्कि दिएर आफुलाई जबरजस्ती महराको बिरुद्धमा बोल्न लगाइएको बताएकी छिन् । बुधबार विहान फेसबुकमार्फत ती तत्वहरुसँग अब नडराउने बरु उनिहरुको पर्दाफास गर्ने चुनौती दिँदै लेखेकी छिन्, ‘अति गर्नु अत्याचार नगर्नु’
‘ सभामुखमाथि लगाइएको आरोप झुठ, कपोकल्पित, उनलाई सत्ताबाट पदच्युत गर्न गरिएको डिजाईन हो । जसको लागि मलाई प्रयोग गरियो । डर त्रास र धम्कीबाट तैले महरालाई बलात्कारको आरोप लगाइनस भने म र मेरो श्रीमानको ज्यान लिने धम्कीका कारण मैले नचाहँदा नचाहँदै पनि झुठ बोलेको हुँ । एउटा काँग्रेसको मिडिया म बसेको ठाउँ पत्ता लगाउँदै आयो । त्यही भिडियोको कुरालाई लिएर सभामुख निर्दोष हुँदाहुँदै पनि दोषी ठहर्याइयो । महरा सरले रक्सी ल्याएको पनि छैन न त उनि कुनै महिलाको कोठामा नै गएका छन् । सत्य सत्य नै हो र सत्य यही हो ।’ उनले फेसबुकमा लेखेकी छिन् ।
शाहीले महराको बदनाम गराउने खेलमा उपसभामुख नै लागेको समेत आरोप लगाएकी छिन् । उनले फेसबुकमा लेखेर सभामुख बन्नका लागि उपसभामुखले नै विभिन्न प्रप्रञ्च रचेको बताएकी छिन् । ‘मलाई भाइरल हुने कहिल्यै चासो भएन, महरा सरले न्याय पाउनुहुन्छ , उनले लेखेकी छिन्, ‘उहाँलाइ बदनाम गराउने उप देखि उपसम्म हुन् ।’
आफ्नो डेरा पत्ता लगाएर रातको समयमा आउने पत्रकारलाई उनले रअको पत्रकार समेत भनेकी छिन् । फेसबुमा उनको फोटोसहितको समाचार शेयर गर्दै उनले लेखेकी छिन्, यही चोर हो मेरो कोठा पत्ता लगाएर मलाई जबरजस्ती महराको बिरुद्धमा बोल्न बाध्य बनाउने रअ पत्रकार’ ।
जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन
जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३
साउन २४,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोक्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले
साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र
असार २०,काठमाडौँ । नेकपा (एमाले) ले दीर्घकालीन असर पर्ने निर्णय नगर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । एमाले
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड