आजको राशिफल / २०७६ आश्विन २७ गते सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । बन्दव्यापारमा देखिएका समस्या हल हुनेछन् । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ ।

शुभरङ्ग : गुलाबी

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : नैराश्यभाव त्याग गर्ने

के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

दिउँसो बाह्रौं भावमा चन्द्रमा जाने भएकाले दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । सुरुमा सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनसक्छ । कामप्रति लगनशीलता बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । तर साँझपख गरेका काममा अवरोध आउने सम्भावना छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुन्छ । घरायसी प्रयोजनका विषयमा खर्चबृद्धि र तनाव हुनसक्छ । पशुपालन र कृषिजन्य व्यवसायबाट लाभ प्राप्त हुनेछ । घुमघाम, परोपकार र दानपुण्यमा मन आकर्षित हुनेछ ।

शुभरङ्ग : बैजनी वा पहेंलो

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : कुल/पितृदेवता

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : खर्र्चमा नियन्त्रण

के नगर्ने : विलम्ब र ढिलासुस्ती

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सुरुमा धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । कुलकुटुम्ब र बन्धुवान्धवबाट सुखद समाचारहरू प्राप्त हुनेछन् । देश/परदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । लामो दूरीको यात्राका क्रममा वा प्रशासनिक क्षेत्रका उल्झन सुल्झाउने राम्रो समय छ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवजी

अशुभ रङ्ग : घिउरङ्ग/क्रिम

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी

के नगर्ने : अनुशासन भङ्ग

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

बिहान धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ । आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । आम्दानीमा कमी आउने छैन ।

शुभरङ्ग : कालो

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : कुल/पितृदेवता

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास

के नगर्ने : अल्छीपन र अकर्मण्यता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आजको दिन मिश्रित फलदायी रहेको छ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । स्वास्थ्य सबल हुनेछ, भाग्यबल बढ्ने छ, रोकिएका काम पुनः बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा राम्रो आम्दानी गर्न सकिन्छ ।

शुभरङ्ग : गाढा पहेंलो वा केशरी

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : धर्मराज

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम

के नगर्ने : अपमान

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

उदयकालको चन्द्रमा सातौं भावमा रहेकाले मनमा उत्साह र उमङ्ग नै देखिने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । हाँकेका र ताकेका काममा उपलब्धी प्राप्त हुनेछ । मध्याह्नसम्म दाम्पत्य जीवन र प्रणय सम्बन्धमा शुभफल प्राप्त हुनेछ, तर दिउँसो आठौं घरमा चन्द्रमा जाने भएकाले मायाप्रेम, रतिराग र भावुकताका क्षेत्रमा खराब ऊर्जा प्राप्त हुने सङ्केत छ, संयम र सचेत रहनुपर्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर छिट्टै सहमति जुट्ने छ । बन्दव्यापार र साझेदारीका काम अपराह्न पहिले नै राम्रो देखिन्छ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : भगवान् महादेव

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण

के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ । प्रेमभाव र प्रणयसुखका लागि अनुकूल समय छ । बेलुकीपख मन चञ्चल बन्नसक्छ ।

शुभरङ्ग : हलुका रातो

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : राधाकृष्ण

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने

के नगर्ने : कामुकता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

दिनको सुरुवातमा बौद्धिक क्षेत्र राम्रो देखिन्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । रिसको कारणले असर पुर्याउने सम्भावना पनि देखिन्छ । प्रेमीप्रेमिकाका बीचमा खटपटी बढ्ने सम्भावना छ । छटपटी र असन्तुष्टि बढ्ने छ । आत्मबल र संयमता गुमाउनु हुँदैन । कसैसँग व्यर्थमा तर्क, बहस र वादविवाद नगर्नु होला ।

शुभरङ्ग : सेतो वा घुर्मैलो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : विष्णु भगवान्

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने

के नगर्ने : मुद्दामामिला र झैझगडा

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

बिहान निराशाको अनुभूति हुनेछ, घरिघरि रिस र आवेशको सिकार पनि बन्नसक्नु हुन्छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । तर दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ । सन्ततिका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । प्रणयप्रसङ्गमा देखिएको निराशाको समाप्ति हुनेछ । आर्थिक मामिलामा सुधार आउने छ । पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक क्षमता बृद्धि गर्न सकिने छ । याद गर्नुहोस्, आजको चिन्तन र उपायले केही न केही काम सपार्ने सङ्केत छ ।

शुभरङ्ग : आकासे

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने

के नगर्ने : अहङ्कार

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सुरुमा तेस्रो भावमा चन्द्रमा रहेकाले सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । तर दिउँसोबाट चौथो घरमा पुग्ने चन्द्रमाको प्रभावले असहज परिस्थिति सिर्जना हुनेछ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् ।

शुभरङ्ग : कलेजी

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : अष्टमातृका

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने

के नगर्ने : लोभ र मोह

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक/सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । आत्मीयजनहरूसँग भेटघाट हुनेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । अभिभावक, गुरुजन र मान्यजनको सहानुभूति मिल्नेछ । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ ।

शुभरङ्ग : हरियो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : गणेश

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने

के नगर्ने : दुःखीको अपमान

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

दिउँसोबाट आम्दानी र लाभ हुने विषयमा ध्यानकेन्द्रित हुनसक्छ, दिन खासै नराम्रो नभएकाले जोस र जाँगरको संयमताका साथ प्रयोग गरी अघि बढ्नु उचित हुने छ । याद गर्नुहोला, गरेका काम ढिलो गरी सम्पन्न हुनेछन् । विभिन्न सामाग्री किनमेल गर्दा महँगोमा पर्न सकिन्छ । आर्थिक पक्ष बलियो नभए पनि केही लाभमूलक काम बन्ने सम्भावना छ । पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ । अरुका काम र समस्यामा अलमलिनु पर्नेछ । कुटुम्बपक्षका क्रियाकलाप देखेर चित्त नबुझ्न सक्छ । बोलीको प्रतिकूल अर्थ लाग्न सक्ने भएकाले थोरै बोलेको जाति हुन्छ । खानपानमा नियन्त्रण गर्नु राम्रो हुनेछ ।

शुभरङ्ग : सेतो

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने

के नगर्ने : फजुल खर्च

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द