September 15, 2019

आजको  राशिफल / २०७६ भाद्र २९ गते आइतबार

वि.सं. २०७६ भाद्र २९ गते आइतबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १५ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत द्वितीया श्राद्ध, पुञ्चली भूजा, बाल दिवस, आश्विन कृष्णपक्ष (ञलागा) प्रतिपदा तिथि, दिउँसो १०:४४ बजेसम्म, त्यसपछि द्वितीया तिथि, उत्तराभाद्रा नक्षत्र, मध्यरात्रीपछि ०१:१८ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), गण्ड योग, बेलुका १०:५८ बजेसम्म, त्यसपछि बृद्धि योग, सुरुमा कौलव करण दिउँसो १०:४४ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपूर्व ११:३९ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : स्थिर, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पूर्व, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४८ बजे,  सूर्यास्त : साँझ ०६:०८ बजे, दिनमान : ३० घडी ५१ पला (१२ घण्टा २० मिनेट,  रात्रीमान : २९ घडी ०९ पला (११ घण्टा ४० मिनेट)

आजका लागि अशुभ समय :–

राहु काल : साँझ ०४:३६ देखि ०६:०८ सम्म, यमघण्ट : दिउँसो ११:५८ देखि ०१:३१ सम्म,  गुलिक काल : दिउँसो ०३:०३ देखि ०४:३६ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

शुभ वारवेला : दिउँसो ०१:३१ देखि ०३:०३ सम्म, अमृत वारवेला : बिहान १०:२६ देखि ११:५८ सम्म, लाभ वारवेला : बिहान ०८:५३ देखि १०:२६ सम्म , आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

भोलिको चाडपर्व र उत्सव :

सोह्र श्राद्धअन्तर्गत तृतीया श्राद्ध, भोलिको मुहूर्त : अन्नप्राशन(पास्नी), पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको समय छ । अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ । घरायसी बन्दोबस्ती र बाध्यताका काममा खर्च गर्नुपर्ने दिन हो । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, धैर्यले काम लिने समय छ । बहस, तर्क र प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । लामो दूरीको लाभमूलक यात्रा हुनसक्छ । तर यात्राका क्रममा सरसामान हराउने वा झमेला बढ्ने समय छ, विवादका क्रममा आफूलाई संयम बनाउनु उपयोगी हुनेछ । व्यवसायिक जीवन यथावत रहने छ । मन दर्शन, अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ ।

शुभरङ्ग : बैजनी वा पहेंलो

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : कुल/पितृदेवता

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : खर्चमा नियन्त्रण

के नगर्ने : विलम्ब र ढिलासुस्ती

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

लाभस्थानको चन्द्रमाका कारण सँगीसाथी र मददगारको सहयोग पाइने समय छ । घरायसी वातावरण पनि सन्तोषजनक रहने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । प्रेमी/प्रेमिकाको मिलन हुनसक्छ । सरकार पक्ष वा सामाजिक कामबाट फाइदा लिन सकिने छ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवजी

अशुभ रङ्ग : घिउरङ्ग/क्रिम

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी

के नगर्ने : अनुशासन भङ्ग

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । कर्मक्षेत्रमा रहेको चन्द्रमाको प्रभावले प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । मान्यजन, मातापिता वा अभिभावकको सहानुभूति र आशीर्वाद पाउने दिन हो । कामदार र कर्मचारीलाई हाकिम वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । श्रममूलक काममा मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मित्र र सहयोगीको सहयोग र सुझाव प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

शुभरङ्ग : कालो

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : कुल/पितृदेवता

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास

के नगर्ने : अल्छीपन र अकर्मण्यता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज भाग्यभावमा चन्द्रमा उपस्थित भए पनि धेरै आशावादी बन्ने समय छैन । त्यसैले अल्छीपन र अकर्मण्यता त्यागेर कर्मक्षेत्रमा लागी पर्ने दिन हो । लापरबाही गरेमा नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ, त्यस्तै मन कल्पना र भावनामा केन्द्रित भइदिनाले समयमा काम सिद्ध्याउन सकिंदैन । पढाइलेखाइ र चिन्तनमननको क्षेत्रमा उपलब्धी हासिल गर्न सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा वा केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ । धार्मिक अनुष्ठान वा मङ्गलमय कृत्य सम्पादन हुनसक्छ । व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ । भाग्योन्नतिको समय छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

शुभरङ्ग : गाढा पहेंलो वा केशरी

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : धर्मराज

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम

के नगर्ने : अपमान

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । मनमा दम्भ र अहङ्कार हाबी हुने समय छ, बोलीमा नियन्त्रण गरेको जाति हुन्छ । प्रतिकूल समयले घेरेको छ, हरेक क्रियाकलापमा संयम रहनु बेस हुन्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । फलप्राप्तिप्रति बढी उत्साही हुने समय छैन, लेनदेनमा विवाद हुनेछ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : भगवान् महादेव

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण

के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । सप्तम भावमा रहेको चन्द्रमा र आफ्नै राशिमा रहेको शुक्रको प्रभावले आज रसरङ्गको चाहना पूर्ण हुने योग छ । विपरीतलिङ्गी मित्रसँग मनका कुरा राख्ने समय हो, गृहस्थीहरूले दाम्पत्यसुखमा रमाउने र भुलिने समय हो । हुन त बिहानीपख घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता हुनसक्छ, तर पछि उनीहरू सकारात्मक देखिने छन् । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ ।

शुभरङ्ग : हलुका रातो

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : राधाकृष्ण

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने

के नगर्ने : कामुकता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिन/दिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साह र जाँगरमा बृद्धि हुनेछ । तर्क, बहस र वादविवादमा समय बित्न सक्छ । तर पाचनतन्त्री वा मौसमी प्रतिकूलताका कारण शारीरिक अस्वस्थता देखिन सक्छ, सचेत हुनुपर्छ ।

शुभरङ्ग : सेतो वा घुर्मैलो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : विष्णु भगवान्

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने

के नगर्ने : मुद्दामामिला र झैझगडा

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

पञ्चम भावमा चन्द्रमाको उपस्थिति छ, मन कल्पना र भावनामा रुमल्लिनाले गर्नैपर्ने काममा ढिलाइ हुनसक्छ, सचेत हुनुपर्छ । हुन त आज व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । स्वास्थ्य सबल रहने छ । भोगविलासमा मन जानेछ । सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा काम गर्नेका लागि उत्कृष्ट दिन छ । खासगरी विद्यार्थीहरूका लागि बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता मिल्ने समय छ ।

शुभरङ्ग : आकासे

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने

के नगर्ने : अहङ्कार

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

चतुर्थ भावमा रहेको चन्द्रमाको प्रभावले पुराना कुरा र घटनाका कारण दिनको सुरुवातमा केही तनाव हुनसक्छ, यद्यपि रामरमाइलोमा दिन बित्ने सङ्केत छ, मनमा देखिने अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्नु समुचित हुनेछ । छरछिमेकीसँग टाढिंदै गएको सम्बन्धमा सुधार आउने छ, त्यस्तै आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको सल्लाह र परामर्श प्राप्त हुनाले रोकिएको काम बन्ने समय छ । मन बढ्ने योग छ र सामाजिक सम्मान प्राप्त हुनेछ । कामधन्दामा सफलता हात लाग्नेछ ।

शुभरङ्ग : कलेजी

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : अष्टमातृका

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने

के नगर्ने : लोभ र मोह

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

पराक्रम र प्रसिद्धि कमाउने महत्त्वपूर्ण दिन हो, आजको दिन । दाजुभाइ र बन्धुबान्धवले सकेको सहयोग गर्ने छन् । पेसा वा व्यवसायमा समेत सन्तुष्टि नै हुनेछ । कडा मिहिनेत र परिश्रम गरेमा हाँकेको ताकेको काममा सफलता प्राप्त भई छाड्छ । आत्मबल र हौसलामा कमी आउन दिनु हुँदैन । कार्यक्षेत्र वा बन्दव्यापारबाट भनेजस्तै लाभ हुनेछ । तर केही नकारात्मक फल पनि पाउन सक्नुहुन्छ, जस्तै बितेका कुरा कोट्याउनाले घरपरिवारमा विवाद हुनसक्छ । पुराना रोगव्याधि र समस्याले सताउने सम्भावना छ । पुरानो कारोबार र लेनदेनको व्यवस्थापनमा केही कमजोरी देखिनसक्छ । सामाजिक काममा जस पाइँदैन, तथापि धार्मिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनु राम्रो हुन्छ ।

शुभरङ्ग : हरियो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : गणेश

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने

के नगर्ने : दुःखीको अपमान

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

धनस्थानमा रहेको चन्द्रमाको प्रभावले मौखिक अभिव्यक्ति र कलात्मक क्षेत्रबाट महत्वपूर्ण उपलब्धी हासिल गर्ने समय हो । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । गृहिणीहरूले गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दै हुनुहुन्छ भने फाइदा नै हुनेछ । पारिवारिक जीवनमा हर्षको वातावरण सिर्जना हुनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुने समय छ । मिठो भोजनको अनुकूलता मिल्नेछ ।  मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । आफन्त र नातेदारले तपाईंको कार्यको सराहना र कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ ।

शुभरङ्ग : सेतो

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने

के नगर्ने : फजुल खर्च

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आज आफ्नै राशिमा चन्द्रमाको उपस्थिति भएको छ, उता भाग्यभावमा राशिस्वामी बृहस्पति बसेको छ, त्यसैले मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । प्रतिष्ठा बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समय छ । बन्दव्यापारबाट पनि राम्रो लाभ लिन सकिने छ ।

शुभरङ्ग : गुलाबी

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : नैराश्यभाव त्याग गर्ने

के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द