आजको राशिफल / वि.सं. २०७६ भाद्र ०९ गते सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

पराक्रम स्थानमा रहेको चन्द्रमाको शुभफलमा कमी भएको दिन छ । परिस्थिति विपक्षमा भए पनि हिम्मतले काम लिनुपर्ने समय छ । त्यसैले बन्धुबान्धव र साथीभाइसँग सन्तुलित व्यवहार गर्नु पर्ने दिन हो, आज ।  आफन्तहरू टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सहयोगीहरूको भावना बुझ्न नसक्दा केही अप्ठ्यारोमा परिनेछ । सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ । कृषि तथा पशुपालनमा लागत बढ्नेछ । पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ । तापनि मिहिनेत गर्दा फाइदा नै हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ ।

शुभरङ्ग : गाढा हरियो

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने

के नगर्ने : साथीभाइको बेवास्ता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरूलाई समेत फाइदा दिलाउन सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन् । धनस्थानमा रहेको चन्द्रमाको प्रभावले मिहिनेत र श्रमबाट प्रशस्त धन लाभ हुने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । मुखमा सरस्वतीको बास छ, बोली बिक्ने दिन हो ।

शुभरङ्ग : सेतो वा उज्यालो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी

के नगर्ने : बोलीवचनमा कडापन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आफ्नै राशिमा चन्द्रमा भए पनि विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । कताकता आत्मबलमा कमी भएको अनुभूति हुनेछ । मिहिनेत गर्दा पनि काम बन्न नसक्दा भने दिक्क लाग्न सक्छ । ईर्ष्या गर्नेहरूले डाहा गर्न छाड्दैनन् । तर प्रयासरत रहेमा र लगनशील भएमा आज ठूलो फाइदा नभए पनि असफल नै भइँदैन । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ  । उपलब्धिले थप उत्साह जगाउनेछ । कम बोलेको राम्रो हुनेछ । सोच र तार्किक क्षमताको प्रदर्शन गर्न सकेमा मात्र लाभ दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । सल्लाह र सुझाव दिनेहरू प्रशस्तै भेटिनेछन्, तर आफ्नो सुरमा काम गर्नु राम्रो हुनेछ ।

शुभरङ्ग : हलुका रातो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : गणेश

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : मन उत्ताउलो नबनाउने

के नगर्ने : हतारमा निर्णय

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

काममा ढिलासुस्ती हुनसक्छ । बाह्रौं भावमा रहेको चन्द्रमाका कारण अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार/व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । नयाँ योजना कार्यान्वयन गर्दा लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । आफ्नै कमजोरीले विवादमा परिनेछ तर सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । धेरै टाढाको यात्रा गर्नु हानिकारक बन्नसक्छ । पतिपतगबिीच घरसल्लाह नमिल्न सक्छ । अनजानको गल्तीले हानि पुर्याउन सक्छ, सजग रहनुहोला । खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्छ । समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् ।

शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : कालभैरव

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी

के नगर्ने : याचकको अपमान

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

लाभ स्थानमा चन्द्रमा छ, कुनै सरकारी वा मुद्दामामिलासम्बद्ध काममा सफलता मिल्ने दिन हो । तर काम बनाउन सञ्चित धन खर्च गर्नुपर्ने वा ऋणभार बढ्ने सम्भावना देखिन्छ । शत्रुपक्ष हाबी हुने दिन हो, जुनसुकै काम गर्दा चनाखो र सतर्क भएर गर्नुपर्ने हुन्छ । गोपनीयतामा जोड दिनुहोला । वास्ता नगर्नाले वा अल्छी वा आलस्यले गर्दा थालेको काम बीचैमा रोकिन सक्छ । अर्थ सङ्ग्रहमा बाधा पुग्नेछ । यद्यपि मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा भविष्यमा फाइदा हुने काम सुरु गरिने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ ।

शुभरङ्ग : सेतो वा सुन्तले

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवजी

अशुभ रङ्ग : घिउरङ्ग/बैजनी

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने

के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

कर्मक्षेत्रमा चन्द्रमाको उपस्थिति देखिन्छ । राहुबाट दूषित चन्द्रमा भएकाले अवसर जुटे पनि त्यसलाई अनुसरण गर्न सकिंदैन, दिगो काम तथा भौतिक साधनका लागि व्ययभार बढाउनु पर्ने हुनसक्छ, अनि काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । उता आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, आफैंले अरूलाई दिएको वचन पूरा गर्न धौधौ पर्नेछ । हुन त विभिन्न अवसर आउने समय छ, यद्यपि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु आवश्यक छ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । व्यापारमा भने फाइदा नै देखिन्छ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : भोलेशङ्कर

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने

के नगर्ने : उदासीनता/नैराश्यता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

भाग्यस्थानमा चन्द्रमा रहेकाले आज गरेको कामबाट भविष्य सपार्ने समय हो । तर सामाजिक काम वा अरूका काममा समय बित्न सक्छ । समयमा होस पुर्याउन नसक्दा बन्नै लागेको काम बिग्रन सक्छ । परिस्थिति अनुकूल नदेखिए पनि काम र जिम्मेबारीको बोझ थपिने दिन हो । सभासमारोहमा अलमलिंदा वा बेकामे काममा खट्नु पर्ने भएकाले गर्नै पर्ने काममा बिलम्ब हुने समय छ । त्यस्तै काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । तर भाग्यमा चन्द्रमा रहेकाले धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । धैर्य र संयमताका साथ गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

शुभरङ्ग : बैजनी वा पहेंलो

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : विष्णु

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : कुलधर्म र परम्पराको अनुसरण

के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

अष्टम भावमा राहुदूषित कमजोर चन्द्रमाको उपस्थिति देखिन्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । यात्राको योग छ, सचेत हुनुपर्छ, बास बस्ने गरी टाढा जानु हुँदैन । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्छ । स्वास्थ्यप्रति सचेत हुनुपर्छ, आहारविहारमा तलबितल पर्ने सम्भावना छ । गोपनीयता भङ्ग हुने खतरा छ ।

शुभरङ्ग : ध्वाँसे

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : सङ्कटा देवी

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : नैराश्यभाव त्याग गर्ने

के नगर्ने : तीव्रगति र हडबड

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

रामरमाइलो र मनोरञ्जनमा केन्द्रित हुने समय छ । यद्यपि बाध्यात्मक परिस्थिति र कर्तव्यपालनाका मार्गमा तल्लीन हुनुपर्दा मनोरञ्जन र रामरमाइलो गर्ने फुर्सत पाइँदैन । आफ्नै वा जीवनसाथीको व्यक्तिगत स्वास्थ्यमा सामान्य समस्या देखिनसक्छ । पति/पत्नीका आपसी समस्या सुल्झाउन समय दिनुपर्ने हुन्छ । बन्दव्यापार र व्यवसायिक काममा विविध चुनौती र तनाव झेल्नुपर्ने समय छ । चिन्ता र छटपटी बढ्न सक्छ । बाध्यताले मन खिन्न तुल्याउनेछ । तर आत्मबल र संयमता गुमाउनु हुँदैन, वैदेशिक प्रयोजनका काम, आयातनिर्यात र मार्केटिङमूलक कामबाट राम्रो फाइदा जुटाउन सक्नुहुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसरसमेत प्राप्त हुनेछ ।

शुभरङ्ग : सुन्तले

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : विष्णुलक्ष्मी

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल

के नगर्ने : परिवारको बेवास्ता

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

छैंटौं घरमा रहेको चन्द्रमाको मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । शत्रु र प्रतिस्पर्धीले चलखेल बढाए पनि डराउनु पर्दैन । मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ, जे गरे पनि आत्मबल र हिम्मतका साथमा गरेको जाति हुन्छ । आज छात्रछात्राले प्रतिस्पर्द्धा र परीक्षामा मिहिनेतअनुसारको राम्रो परिणाम निकाल्न सक्नुहुन्छ ।

शुभरङ्ग : छिर्केमिर्के बुट्टे

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : गणेश

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : खानपानमा नियन्त्रण

के नगर्ने : आवेग, घमण्ड र क्रोध

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज मुखमा सरस्वतीको निवास भएको उत्कृष्ट समय छ । त्यसैले विशेष गरी बौद्धिक क्षेत्रका व्यक्तिहरू र छात्रछात्राले बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सक्नेछन् । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अध्ययनमा प्रगति हुनेछ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । भाइबहिनीको क्रियाकलापले सन्तुष्ट भइने छ ।

शुभरङ्ग : गाढा हरियो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : सूर्यदेव

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने

के नगर्ने : अल्छी र अकर्मण्यता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

हुन त चन्द्रमा चौथो भावमा रहेको देखिन्छ । चिन्ता, शङ्का र छटपटी बढ्ने सङ्केत छ । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्दैन । पहिलेका कमजोरीका कारण झमेला लम्बिन सक्छ । महत्वाकाङ्क्षा जाग्नेछ, तर योजना कार्यान्वयन हुन सक्दैनन् । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । परिवारमा विविध समस्या देखिने छन् । सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । व्यक्तिगत स्वास्थ्यस्थितिप्रति सचेतता अपनाएको जाति हुनेछ । तर सँगीसाथी र आफन्तजनको साथसहयोग जुट्ने छ, शत्रुपक्षको मनोबल कमजोर हुने समय देखिन्छ ।

शुभरङ्ग : गाढा रातो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : शिवर्पावती

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने

के नगर्ने : गोपनीयता भङ्ग

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द