August 5, 2019

राजेन्द्र महतोले संसद्‍मा कृष्णबहादुर महरा ‘महाडकैत’ भनेपछि …

साउन २०,काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद राजेन्द्र महतोले प्रतिनिधि सभाको सोमवारको बैठकको विशेष समयमा उदाहरणस्वरूप ‘कृष्णबहादुर महरा महाडकैत’ भनेपछि त्यसलाई संसद्को रेकर्डबाट हटाउन सभामुख कृष्णबहादुर महराले रूलिङ गरेका छन् ।

नेकपाका दुई सांसदले महतोले प्रयोग गरेको भाषाप्रति नियमापत्ति गरेपछि त्यस सम्बन्धमा रूलिङ गर्दै सभामुख महराले भने– विशेष समयमा बोल्ने मान्य सदस्यले प्रयोग गरेको भाषाप्रति गम्भीर ध्यानाकर्षण भएकोले प्रतिकूल हुने गरी प्रयोग भएका शब्द हटाउन सचिवालयलाई निर्देशन गर्छु ।

नेकपाका सांसदद्वय कृष्णभक्त पोखरेल र खगराज अधिकारीले महतोले बोलेको भाषा असंसदीय र अमर्यादित रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन रुलिङ गर्न माग गरेका थिए ।

‘त्यस्ता शब्द बोल्दा संसदको मर्यादा पनि रहँदैन, त्यसलाई संसद्बाट रेकर्ड हटाउने काम गर्नुपर्छ,’ पोखरेलले भने । महतोले नेकपा अध्यक्ष पुष्पकमल दाहालको नाम पनि लिएका थिए । त्यसप्रति पनि सांसद् पोखरेलले आपत्ति जनाए ।

महतो बोल्दाबोल्दै अधिकारीले पनि नियमापत्ति गरेका थिए । त्यो बेला महराले महतोलाई आफ्नो भनाई पूरा गर्न आग्रह गरेका थिए ।

सरकारका प्रवक्ताले भारतीय नागरिकको नागरिकता खारेज गरेको विषयमा निर्णय सार्वजनिक गर्दा स्पष्ट पहिचान नखुलाएर रोज्रन्द्र महतोको नागरिकता खारेज भएको भनी भ्रम पैदा गर्न खोजिएको आरोप लगाएका थिए ।

संसद्को विशेष समयमा बोल्ने क्रममा महतोले ‘भोलिचाहिँ कृष्णबहादुर महरा ‘महाडकैत’, आजीवन कारावास भयो भनेर समाचार आएकोमा सभामुख कृष्णबहादुर महरा भनेर समाचार आएमा के हुन्छ त्यो ?’ महतोले भनेका थिए । 

उनले नाम मात्र भनेर सञ्चार माध्यम अर्को व्यक्तिसँग जोडी मानहानी गर्ने काम भएको गुनासो गरे ।

सरकारको अभिव्यक्ति प्रस्ट आउनुपर्ने उनले माग गरे । ‘विगतमा नाकाबन्दीको समयमा पनि यस्तै भएको थियो, वास्तविकता पत्ता नलगाई व्यक्तिको बारेमा मिडियाले नलेखोस्’ महतोले भनेका थिए ।

महतोको अभिव्यक्ति हटाउन सभामुखले रुलिङ गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता