आजको राशिफल / २०७६ श्रावण १९ गते आइतबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बेलुकाका तुलनामा बिहानको समय लाभदायक छ । सुरुमा बौद्धिक क्षेत्र राम्रो देखिन्छ ।  बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । अपराह्नपछि अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । शरीरमा अचानक आलस्यपना देखापर्ने छ । निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् ।

शुभरङ्ग : हलुका नीलो वा हरियो

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ सरस्वत्यै नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : सिर्जनात्मकता र रचनात्मकतामा जोड दिने

के नगर्ने : बुद्धिको दुरुपयोग

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

चौथो चन्द्रमा भए पनि शुभ ग्रहको दृष्टिले घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ । मान्यजन र अभिभावक वर्गबाट आशीर्वाद र सुझाव प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण आउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । बेलुकी दार्शनिक र आध्यात्मिक महत्त्वको सूचना पाउनु हुनेछ, मन ज्ञानविज्ञानका मार्गमा रमाउने छ । अध्ययन क्षेत्रमा पनि सफल छ ।

शुभरङ्ग : रातो वा पहेंलो

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : भगवती दुर्गा

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : पति/पत्नी, प्रेमी/प्रेमिका वा छोराछोरीको चाहना पूरा गर्ने

के नगर्ने : घरपरिवारका कुरामा बेवास्ता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा नै रहने छ ।

शुभरङ्ग : गाढा नीलो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : गणेश

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : साथीभाइको सङ्गत र गफगाफमा नियन्त्रण

के नगर्ने : घमण्ड

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

धनभावमा रहेको चन्द्रमाका कारण वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ । सामाजिक कामको दायित्व थपिने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।

शुभरङ्ग : घिउ रङ

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : सुमधुर बोलीवचनको प्रयोग गर्ने

के नगर्ने : अनावश्यक खानपान

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मध्यम खाले समय छ । आज मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्यस्थितिमा असर पुग्ने खानपान वा काममा नियन्त्रण गर्नु राम्रो हुन्छ । मित्र, परिवार र सहयोगीले तपाईंको काममा सरसहयोग गर्ने अनुकूलता हुँदैन । जेगरे पनि आफ्नै पाखुरी र मस्तिष्क खियाउनु पर्नेछ । सानातिना यात्राबाट छिटपुट फाइदा देखिए पनि लामो दूरीको यात्राबाट खासै उपलब्धी नहुनसक्छ । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ ।

शुभरङ्ग : सिन्दूरे रातो

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : निर्णय गर्दा राम्ररी सोचविचार गर्ने

के नगर्ने : हडबड र शीघ्रता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

व्यय क्षेत्रमा चन्द्रमा रहेकाले सुरुमा मन खिन्न भए पनि अपराह्नपछि मन भुलाउने उपायको खोजी हुनेछ । बन्दव्यापारमा फाइदा नै देखिन्छ तर रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुने छैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ । मनोरञ्जनमा खर्च बढ्न सक्छ । शत्रु परास्त हुनेछन् । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन ।

शुभरङ्ग : सेतो वा बैजनी

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : धर्मराज

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ चित्रगुप्ताय नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : दान, धर्म, परोपकार

के नगर्ने : रिसराग, उद्वेग र क्रोध

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर बेलुकाबाट चिन्तनमूलक कार्य र दार्शनिक गतिविधिमा सक्रियता बढ्ने छ । पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, बरु भोगविलासतर्फ मन केन्द्रित हुनेछ । खर्च गर्न मन हौसिने छ ।

शुभरङ्ग : कालो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : घिउरङ्ग/क्रिम

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ नीलसरस्वत्यै नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने

के नगर्ने : ठूलाबडा र मान्यजनको बेवास्ता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

धैर्यधारण गरी परिश्रम गर्ने कर्मसिद्धिको समय आएको छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सन्ततिपक्षबाट सहयोग प्राप्त हुनेछ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ ।

शुभरङ्ग : ध्वाँसे

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : महालक्ष्मी

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ भूमिदेव्यै नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : हाकिम, मान्यजन र पिताका चाहना बुझ्ने

के नगर्ने : लोभ र मोह

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सार्वजनिक हीतका लागि गरिएको कामबाट सम्मान र पुण्य बढाउन सकिने दिन छ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ । ठूलाबडाको साथसहयोग पाइनेछ । कामको दायित्व थपिने सम्भावना छ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पाइने छ । रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । भाग्यमा चन्द्रमा छ, जे गरे पनि सफलता तपाईंको मुट्ठीमा छ ।

शुभरङ्ग : सेतो वा पहेंलो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : कुलगुरु/शिवजी

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : बृद्धबृद्धा, असहाय र दीनहीन अवस्थाका व्यक्तिको सहयोग

के नगर्ने : आडम्बर र ढोंगीपन

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

समग्रमा निराशा र वैराग्यका भावना त्यागेर अघि बढेमा श्रेयस्कर हुने दिन छ । दिनको सुरुवातमा व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ, झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । दिनभरि तनावपूर्ण समय रहे पनि साँझमा केही लाभमूलक काम हुनेछन् । परोपकारी काममा आकर्षण बढ्ने छ । बौद्धिक, प्राज्ञिक र सृजनात्मक काममा कडा मिहिनेत गर्न मन जानेछ र अन्ततः सन्तुष्टि मिल्नेछ । दीर्घकालिक लगानी गर्नु छ भने बेलुकीपखमात्र राम्रो हुनेछ ।

शुभरङ्ग : कालो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : कालभैरव

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : उत्ताउलोपन, चञ्चलता र हडबडीमा नियन्त्रण्

के नगर्ने : असुरक्षित यात्रा

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

दिनको सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुनसक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । रात छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । मन भावना र कल्पनामा रुमल्लिन सक्छ ।

शुभरङ्ग : गुलाबी वा सिन्दूरे

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवर्पावती

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ गृहलक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : परिवारमा अधिकतम समय दिने

के नगर्ने : ख्यालठट्टा र जिस्क्याउने काम

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । पाचनप्रणाली र नसासम्बद्ध रोगीले आज रोगनिदानको उपाय प्राप्त गर्नेछन् । अझ साँझबाट सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुनसक्छ ।

शुभरङ्ग : हलुका सेतो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : भगवान् शङ्कर

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : समस्या र सङ्कटर्लाइ सार्वजनिक गर्ने

के नगर्ने : स्वास्थ्यप्रति बेवास्ता

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द