आजको राशिफल / वि.सं. २०७६ आषाढ ०७ गते शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्द्धीहरू परास्त हुनेछन् । गृहिणीहरूले सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । छात्रछात्राका लागि अध्ययन अध्यापन सफल रहेको छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तुष्टि प्राप्त हुनेछ । नोकरी र रोजगारी क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । प्रेमीप्रेमिकाका बीचको सम्बन्ध सुदृढ बन्नेछ । साँझसम्म कुनै आर्थिक लाभको समाचार प्राप्त गर्न सकिन्छ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवजी

अशुभ रङ्ग : घिउरङ्ग/क्रिम

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी

के नगर्ने : अनुशासन भङ्ग

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आज मातापिता वा कुलका बयोबृद्ध सदस्यको आशीर्वादले काम गर्नसक्ने समय हो । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । गृहिणीहरूले परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ । आफन्तबाट सहयोग प्राप्त हुने छ । जागीर खोज्ने विद्यार्थीले रोजगारीको राम्रो अवसर हात पर्न सक्छन् । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्न सक्छन्, प्रशंसा, बढुवा वा उन्नतिका अवसर मिल्नेछ ।

शुभरङ्ग : कालो

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : कुल/पितृदेवता

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास

के नगर्ने : अल्छीपन र अकर्मण्यता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज भाग्यबल राम्रो छ, नयाँ उद्योगधन्दा वा कलकारखाना सुरु गर्न आजको दिन अनुकूल देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । विद्यार्थीहरूको पठनपाठनमा प्रगति हुनेछ र अन्य सबैमा दार्शनिक र आध्यात्मिक भावनाको विकास हुनेछ ।

शुभरङ्ग : गाढा पहेंलो वा केशरी

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : धर्मराज

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम

के नगर्ने : अपमान

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

गृहिणीहरूले आज सानातिना काम र घरेलु समस्यामै अल्मलिएर समय बिताउनु पर्नेछ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ, यात्राका क्रममा हरहमेशा सचेत हुनुपर्छ । प्रायः सबैको पारिवारिक जीवनमा समेत निरसता छाउने समय छ । त्यस्तै व्यक्तिगत स्वास्थ्यप्रति समेत सचेत हुनु ठीक हुन्छ । विवाद, झैझगडामा फँस्नु राम्रो होइन, नत्र ठूलो लफडा ब्यहोर्ने दिन छ । लेनदेनको विवाद, कुनै पुरानो समस्या वा सम्झनाका कारण चुनौती र तनाव झेल्नुपर्ने समय भएकाले आज कुनै परिस्थितिमा पनि आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । तर देशपरदेश र दूरदराजका क्षेत्रमा बस्नेले लाभ पाउने समय छ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : भगवान् महादेव

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण

के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सुरुमा छैटौं चन्द्रमा भए पनि दिउँसोदेखि आनन्द र खुसीको वातावरण प्राप्त हुने समय देखिन्छ । बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ ।

शुभरङ्ग : हलुका रातो

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : राधाकृष्ण

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने

के नगर्ने : कामुकता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज आमा वा मामाको आशीर्वाद काम गर्ने दिन छ । सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । विद्यार्थीवर्ग र प्राज्ञिक क्षेत्रका व्यक्तिहरूले बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । गृहिणीहरूले छोराछोरीबाट सन्तोष प्राप्त गर्नेछन् । झगडा वा किचलोमा पनि समय दिनुपर्ने दिन छ, अनि विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । पुर्ख्यौली सम्पत्तिको मूल्याङ्कन र छलफल गर्ने समय छ । छात्रछात्रा मनोरञ्जनात्मक क्रियाकलाप वा प्रेम तथा प्रणयप्रसङ्गमा भुलिनसक्छन् । बन्दव्यापारबाट लाभै देखिन्छ ।

शुभरङ्ग : सेतो वा घुर्मैलो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : विष्णु भगवान्

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने

के नगर्ने : मुद्दामामिला र झैझगडा

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । पठनपाठनमा मन जानेछ । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । विद्यार्थीहरूको लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । अरुको पनि बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । सुरुमा पैसाको मामिलामा खासै फरक नपरे पनि साँझपख धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । गृहस्थीहरूमा छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।

शुभरङ्ग : आकासे

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने

के नगर्ने : अहङ्कार

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सामाजिक र परोपकारका काममा दिलचस्पी बढ्ने समय छ, त्यस्तै आजको दिन कुनै लामो समयदेखि हाँके/ताकेको पुरानो काम बनाउने समय हो, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु चाहिं राम्रो हुँदैन । दिउँसोबाट आफ्नै कामकाजमा घोरिनुपर्ने भएकाले साथीसङ्गी वा इष्टजनको साथ पाउन सकिंदैन । पारिवारिक समस्यामा समय र धन खर्च गर्नुपर्ने परिस्थिति छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा खासै उपलब्धी हुँदैन । शरीरमा आलस्य र तन्द्रा जाग्ने दिन हो, मन अशान्त बन्नसक्छ, तनाव र उल्झन झेल्नुपर्ने छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाइने समय हो ।

शुभरङ्ग : कलेजी

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : अष्टमातृका

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने

के नगर्ने : लोभ र मोह

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । भोज वा पार्टीमा सहभागी बन्ने समय छ, मेवामिष्ठान्न आदि खाने अनुकूलता हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कर्मचारीले विशिष्टजन वा हाकिम खुसी पार्ने समय हो । छात्रछात्राले गुरुजन वा अग्रजको सल्लाहले नसुल्झिएको गुत्थी सुल्झाउन पाउने छन् । गृहिणीहरूमा परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । आज सबैका लागि दिनदुःखीलाई सानो सहयोग गरेमा भाग्योन्नतिको अवसर पाउन सक्ने समय छ ।

शुभरङ्ग : हरियो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : गणेश

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने

के नगर्ने : दुःखीको अपमान

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । कुटुम्ब वा भाञ्जाभाञ्जीका तर्फबाट खुसीको समाचार आउन सक्छ । बोलीमा मिठास आउने छ । छात्रछात्राले मौखिक क्रियाकलापबाट लाभ पाउने छन् ।

शुभरङ्ग : सेतो

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने

के नगर्ने : फजुल खर्च

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सुरुमा बाह्रौ भावमा र त्यसपछि आफ्नै घरमा चन्द्रमा रहने छ,  आजबाट मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । तर आजको दिन दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै हुने समय छ । अब नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गरी छाड्ने समय हो, दिन ढल्दै जाँदा निर्णय सबल बन्दै जानेछ, त्यसैले धैर्यता र संयमताका साथमा काम गर्ने दिन छ । छात्रछात्राले प्रतियोगितात्मक क्रियाकलापबाट लाभ पाउने छन् । बन्दव्यापारमा संलग्नहरूका लागि धनागमको बाटो सहज देखिन्छ, आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ ।

शुभरङ्ग : गुलाबी

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : नैराश्यभाव त्याग गर्ने

के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । सामाजिक सभासमारोहमा सहभागी बन्नुपर्ने भएकाले गर्नैपर्ने कुनै काममा अवरोध हुनसक्छ । गृहिणीहरूका लागि घरायसी वातावरणसमेत निराशापूर्ण हुनेछ, पुरानो लेनदेन वा प्रशासनिक झमेलाले पिरोल्न सक्छ । खानपिनको समयमा पनि हेरफेर हुने समय छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । गरेका काममा सोचेबमोजिम साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने दिन हो, छात्रछात्राले मनोरञ्जनात्मक क्षेत्रमा ध्यान दिनाले पठनपाठन बिथोलिने समय छ ।

शुभरङ्ग : बैजनी वा पहेंलो

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : कुल/पितृदेवता

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : खर्र्चमा नियन्त्रण

के नगर्ने : विलम्ब र ढिलासुस्ती

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द