केपी ओली : प्रधानमन्त्री को बन्ने निर्णय एकीकृत पार्टीले गर्छ

लण्डन जेठ २८ : बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तनमा सशस्त्र द्वन्द्वको महत्वपूर्ण योगदान रहेको बताएका छन्।

यूरोप भ्रमणको क्रममा स्वीटजरल्याण्डबाट सोमबार बेलायत आएका प्रधानमन्त्री ओलीले अक्फोर्ड विश्वविद्यालयको विद्यार्थी युनियनले आयोजना गरेको ‘शान्ति, लोकतन्त्र र विकास’ विषयमा साँझ सम्बोधन गरेका हुन्।

‘राजनीतिक परिवर्तनमा सशस्त्र द्वन्द्वको योगदानको हामीले प्रशंसा गर्नुपर्छ’, करिब १ सय ५० विदेशी र नेपाली सहभागीबीच प्रधानमन्त्री ओलीले भने, ‘नेपालीको सुख, शान्ति र समृद्धिका लागि कल्याणकारी राज्यव्यवस्था र सामाजिक सुरक्षाको प्रत्याभूती गर्न सरकार अग्रसर छ।’

 जनताको जीवन परिवर्तन ल्याउन सके मात्र मुलुकमा आर्थिक परिवर्तन हुने ओलीले दोहोर्याए।‘अक्सफोर्ड विश्वविद्यालयले शिक्षाको विकासका लागि विश्वव्यापी योगदान गरेको छ, अनुसन्धान र खोज कार्यमा यो विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको छ’, धेरै नेपालीले समेत उच्च शिक्षा हासिल गरिरहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालयबारे ओलीले भने।

कार्यक्रमको अन्तमा प्रधानमन्त्री ओलीलाई एमाले र माओवादी पार्टी एकताअघि पुष्पकमल दाहाल प्रचण्ड र उनीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमती गरिएकोबारे सोधिएको थियो। त्यसमा ओलीले ‘एकीकृत पार्टी बनिसकेको अवस्थामा सबै कुरा पार्टीको निर्णय अनुसार हुने’ बताए।

अक्सफोर्ड विश्वविद्यालयको विद्यार्थी युनियनका अध्यक्ष जेनभाइभा एथिसले कार्यक्रम सुरु गर्नुअघि प्रधानमन्त्री ओलीले विश्वविद्यालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता