जेठ २, काठमाडौं : राजधानीको कालोपुलकी जेनी खड्का एसिड प्रहारबाट घाइते भएकी छिन् । घरायसी विवादमा बुधबार साँझ पति विष्णु भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात जलेको छ।
खड्कालाई सुरुमा चाबहिलस्थित ओम अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। अस्पतालका अनुसार उनको अवस्था चिन्ताजनक छ।
प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई पक्राउ गरेको छ। सुवेदीका अनुसार खड्का विगत एक वर्षदेखि माइत बस्दै आएकी थिइन्। खड्का भुजेलकी दोस्री पत्नी हुन्। उनका दुई वर्षका छोरा छन्। भुजेलले खड्कालाई बेलाबेलामा धम्क्याउँदै आएका थिए। भुजेलले बुधबार साँझ सल्लाह गर्न बोलाएर खड्कामाथि एसिड प्रहार गरेको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ।
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड