कलाकारको आवरणमा मानव तस्करी, समुन्द्रमै मृत्यु भएपछि खुल्यो पोल

बैशाख १४,काठमाडौं : नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेड कर्नर नोटीस जारी गरेको छ । 

नेपाल प्रहरीकाे पटक पटकको आग्रहपछि इन्टरपोलले बिहीबार नोटिस जारी गरेको हो । आठ महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका गौतम अब जुनसुकै देशमा पक्राउ पर्न सक्नेछन् । उनी हाल क्यानडा बस्दै आएका छन् । 

अमेरिकाको सपना देखाएर तीन युवतीलाई गौतमले २ वर्षअघि हाइटी पुर्याएका थिए । हाइटीबाट सामान्य पानी जहाजमा अमेरिका भनि पठाइएका युवतीमध्ये भक्तपुरकी सुमित्रा कुँवरको समुन्द्रमै मृत्यु भएपछि रहस्य बाहिर आएको थियो । बाँचेका दुई जना स्वदेश फर्किएपछि उनीहरुकै उजुरीको आधारमा प्रहरीले अनुसन्धान सुरु गर्दा गौतमको मुख्य संलग्नता रहेको खुलासा भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत