April 2, 2019

आजको राशिफल / वि.सं. २०७५ चैत्र १९ गते मङ्गलबार

aajako-rashifal-copy-340x380

वि.सं. २०७५ चैत्र १९ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अप्रिल ०२ तारिख, भौम प्रदोष व्रत, चैत्र कृष्ण द्वादशी, शतभिषा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, शुभ योग, तैतिल र गर करण, आजको चाडपर्व र उत्सव : भौम प्रदोष व्रत, देउपाटनमा देशोद्धार पूजा, वारुणी योग बिहान ०८ बजेर ५३ मिनेटदेखि राती ०१, बजेर ०३ मिनेटसम्म, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, भोलिको चाडपर्व र उत्सव : पिशाच चतुर्दशी, पाशाचह्रे पूजा, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र,

आजका लागि अशुभ समय :

राहु काल : दिउँसो ०३:१५ देखि ०४:४८ सम्म, यमघण्ट : बिहान ०९:०२ देखि १०:३५ सम्म , गुलिक काल : दिउँसो १२:०९ देखि ०१:४२ सम्म, काल वारवेला : दिउँसो ०१:४२ देखि ०३:१५ सम्म, रोग वारवेला : बिहान ०५:५६ देखि ०७:२९ सम्म र साँझ ०४:४८ देखि ०७:४८ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :

लाभ वारवेला : दिउँसो १०:३५ देखि १२:०९ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा उत्तर, र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने मिठाइ वा तिल खाएर जुनसुकै दिशाको यात्रा गरेमा, पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनसँगको सम्बन्ध आत्मीय बन्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

शुभरङ्ग : सेतो वा सुन्तले शुभअङ्क : ७ शुभदिशा : पश्चिम इष्टदेवता : शिवजी अशुभ रङ्ग : घिउरङ्ग/बैजनी अशुभ अङ्क : ६ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भेटघाटले काममा उत्साह बढाउला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मातापिताको सहानुभूति मिल्नेछ ।

शुभरङ्ग : नीलो शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : भोलेशङ्कर अशुभ रङ्ग : कलेजी अशुभ अङ्क : ५ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः न्यूनतम जापसङ्ख्या : २३  के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने के नगर्ने : उदासीनता/नैराश्यता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक/सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । अनुभवीको सल्लाह र सुझाव प्राप्त हुनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा पनि उन्नति गर्ने समय छ । व्यवसायिक वा पेसागत जीवनमा साख कायम रहने छ । बन्दव्यापारबाट राम्रै लाभ लिन सकिने छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । प्रतियोगिता वा प्रतिस्पर्धामा सफल भइने छ ।

शुभरङ्ग : बैजनी वा पहेंलो शुभअङ्क : १ शुभदिशा : पूर्व इष्टदेवता : विष्णु अशुभ रङ्ग : चम्किलो/उज्यालो अशुभ अङ्क : ४ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : कुलधर्म र परम्पराको अनुसरण के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । यात्राको योग छ, सचेत हुनुपर्छ, बास बस्ने गरी टाढा जानु हुँदैन । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्छ । स्वास्थ्यप्रति सचेत हुनुपर्छ, आहारविहारमा तलबितल पर्ने सम्भावना छ । गोपनीयता भङ्ग हुने खतरा छ ।

शुभरङ्ग : ध्वाँसे शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : सङ्कटा देवी अशुभ रङ्ग : हरियो  अशुभ अङ्क : ३ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : नैराश्यभाव त्याग गर्ने के नगर्ने : तीव्रगति र हडबड

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मनोरञ्जन केन्द्रित दिन हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । नयाँ मित्र बनाउन पाइने छ । साझेदारी र पार्टनरसिपको कामबाट फाइदा हुनेछ ।

शुभरङ्ग : सुन्तले शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : विष्णुलक्ष्मी अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : २ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल के नगर्ने : परिवारको बेवास्ता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

छैंटौं घरमा रहेको चन्द्रमाको मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । शत्रु र प्रतिस्पर्धीले चलखेल बढाए पनि डराउनु पर्दैन । मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ, जे गरे पनि आत्मबल र हिम्मतका साथमा गरेको जाति हुन्छ ।

शुभरङ्ग : छिर्केमिर्के बुट्टे  शुभअङ्क : २ शुभदिशा : दक्षिण इष्टदेवता : गणेश अशुभ रङ्ग : सुन्तले/गुलाबी अशुभ अङ्क : १ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : खानपानमा नियन्त्रण के नगर्ने : आवेग, घमण्ड र क्रोध

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज बुद्धिक्षेत्रमा बलियो चन्द्रमाको उपस्थिति छ । त्यसैले बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अध्ययनमा प्रगति हुनेछ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । भाइबहिनीको क्रियाकलापले सन्तुष्ट भइने छ ।

शुभरङ्ग : गाढा हरियो शुभअङ्क : ५ शुभदिशा : पूर्व इष्टदेवता : सूर्यदेव अशुभ रङ्ग : कालो अशुभ अङ्क : ३ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः न्यूनतम जापसङ्ख्या : ०७ के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने के नगर्ने : अल्छी र अकर्मण्यता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

खराब समय छ । एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुने छ । चौथो भावमा रहेको चन्द्रमाका कारण चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्दैन । पहिलेका कमजोरीका कारण झमेला लम्बिन सक्छ । महत्वाकाङ्क्षा जाग्नेछ, तर योजना कार्यान्वयन हुन सक्दैनन् । पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन । परिवारमा विविध समस्या देखिने छन् । सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रने सङ्केत छ, दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । पारिवारिक स्वास्थ्यमा निगरानी गरेको जाति हुनेछ ।

शुभरङ्ग : गाढा रातो शुभअङ्क : ८ शुभदिशा : उत्तर इष्टदेवता : शिवर्पावती अशुभ रङ्ग : गाढा नीलो अशुभ अङ्क : २ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने के नगर्ने : गोपनीयता भङ्ग

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । साथीभाइको सहयोगमा पुराना समस्या सुल्झाउने वातावरण बन्नेछ । पठनपाठनमा प्रगति हुनेछ । परोपकारी र सामाजिक कामबाट सम्मान र प्रतिष्ठा आर्जन सकिने छ । लेनदेन लाभकारी रहने छ ।

शुभरङ्ग : गाढा हरियो शुभअङ्क : ७ शुभदिशा : पश्चिम इष्टदेवता : हनुमान् अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे अशुभ अङ्क : १ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः न्यूनतम जापसङ्ख्या : ०८  के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने के नगर्ने : साथीभाइको बेवास्ता

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरूलाई समेत फाइदा दिलाउन सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।

शुभरङ्ग : सेतो वा उज्यालो शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : लक्ष्मी माता अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : ९ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी के नगर्ने : बोलीवचनमा कडापन

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुनसक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

शुभरङ्ग : हलुका रातो शुभअङ्क : ५ शुभदिशा : पूर्व इष्टदेवता : गणेश अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ८ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : मन उत्ताउलो नबनाउने के नगर्ने : हतारमा निर्णय

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार/व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । नयाँ योजना कार्यान्वयन गर्दा लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । आफ्नै कमजोरीले विवादमा परिनेछ तर सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । धेरै टाढाको यात्रा गर्नु हानिकारक बन्नसक्छ । पतिपतगबिीच घरसल्लाह नमिल्न सक्छ । अनजानको गल्तीले हानि पुर्याउन सक्छ, सजग रहनुहोला । खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्छ । समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् ।

शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे शुभअङ्क : ८ शुभदिशा : उत्तर इष्टदेवता : कालभैरव अशुभ रङ्ग : हरियो/चम्किलो अशुभ अङ्क : ७ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी के नगर्ने : याचकको अपमान

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारीरसामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द