
काठमाडौँ, ८ फागुन । विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुले अव योग्यता नपुगेको भए ५ बर्षभित्र योग्यता पु¥याउनुपर्ने भएको छ ।
सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभुत तहमा अध्यापन गराउन कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा स्नातकोत्तर तह हुनुपर्ने व्यवस्था गरेपछि योग्यता नपुगेका शिक्षकले अनिवार्य रुपमा स्नातक वा स्नातकोत्तर तह पुरा गर्नुपर्ने भएको छ ।
प्रस्तावमा वालविकास केन्द्र(इसिडी) र कक्षा १ देखि ३ सम्म अध्यापन गराउन भने कक्षा १२ वा प्रविणता प्रमाणपत्र तह अध्ययन पुरा गरे पुग्ने भएको छ । हाल सार्वजनिक भएको मस्यौदा प्रति नेपाल शिक्षक महासंघले आपत्ती जनाएको छ ।
महासंघका अध्यक्ष वावुराम थापाले भन्नुभयो– मस्यौदामा यस्तो विषय उल्लेख भएको सुनेको छु, यो ब्यवस्थागर्न लागेको भए हामी मान्दैनौ
उहाले पाच वर्ष भित्र योग्यता पु¥याउने विषय हटाउनुपर्ने बताउनुभयो । उहाले भन्नुभयो–स्नातक तह पुरा गर्न चार वर्ष लाग्ने अवस्थामा कसरी पांच वर्षभित्र स्नातकोत्तर तह पुरा गर्न सकिन्छ । उहाले मस्यौदामा पाच वर्ष उल्लेख भए त्यसलाई सच्याएर सात वर्ष कायम गर्नुपर्ने बताउनुभयो ।
उहाले सरकारले आधारभुत र मावि तहका लागि तयार गरेको योग्यता समयको माग अनुसार भएको तर्क राख्दै अध्ययन सम्पन्न गर्न समयावधी थप गर्नुपर्ने दावी गर्नुभयो ।
मस्यौदामा ऐन प्रारम्भ हुदा बखत तत्काल प्रचलित कानुन बमोजिम योग्यता पुरा गरी नियुक्ति भएका प्राथमिक तह, निम्न माध्यमिक वा विशेष शिक्षा प्रदान गर्ने शिक्षकले ऐन प्रारम्भ भएको पाँच वर्षभित्र योग्यता पुरा गर्नुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरी अर्थ र कानून मन्त्रालयमा पेश गरेको ऐनको मस्यौदामा शिक्षकको रुपमा कार्यसम्पादन गर्दा तोकिए बमोजिम आधारभुत र सेवा प्रवेश र त्यसपछि समय–समयमा आवधिक तालिम लिनुपर्नेउल्लेख गरिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर