डाक्टरकाे राजीनामा प्रकरणामा स्वास्थ्य मन्त्रालयले  यसाे भन्यो 

सरुवा गरेकै कारण डाक्टरले राजीनामा दिएका हुन् ?  के भन्यो स्वास्थ्य मन्त्रालयले ?

मंसिर ५, काठमाडौँ । वीर अस्पतालका प्रा.डा. ध्रुवराज अधिकारीको राजिनामा सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । वीर अस्पतालस्थित न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा. डा. अधिकारीले विगत एक वर्षदेखि तलबविहीन भएर वीर अस्पतालको न्युरो सर्जरीमा कामकाज गर्दै आएको र डिमान्ड अनुसार चाकडी र घुस दिन नसकेको भन्दै राजीनामा दिएका थिए ।

यस विषयमाथि स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको हाे । स्वास्थ्य मन्त्रालयले अधिकारीको चाकडी र घुस भन्दै दिएको राजीनामा सम्बन्धमा सरुवा भएको ठाउँमा अनिवार्यरुपमा जानुपर्ने नियमको उल्लंघन गरेको स्पष्टीकरण दिएको छ ।

वीर अस्पतालबाट पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सरुवा गरिएका कारण उनले राजीनामा दिएको मन्त्रालयले दाबी गरेको हो ।

भनेकै स्थानमा सरुवा गर्न खटाइएको ठाउँमा १ पटक हाजिर गर्नैपर्ने प्रावधानअनुसार आग्रह गर्दा पनि अटेर गरी राजीनामा गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लामो समयदेखि वीर अस्पतालमा कार्यरत डा. अधिकारीलाई बढुवापछि नियमानुसार अर्को ठाउँमा पदस्थापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान