ने क पा एकताको ९ महिना– संसदीय दल र लेवी नै फरक फरक !

पार्टी एकताको ९ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को संसदीय दल एक हुने भएको छ । अहिलेसम्म पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको संसदीय दल आ–आफ्नै कार्यालयबाट सञ्चालन हुँदै आएका छन् । ने क पाका संसदीय दलका उपनेता सुवास नेम्वाङले छिट्टै दलको कार्यालय एकै ठाउँबाट सञ्चालन हुने जानकारी दिए ।

47026827Samsadiya-Dalko-Karyalaya-(2)-(1)

पूर्वमाओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबार भित्रको संसद् सचिवालय (भवन ख)को चौँथो तलामा थियो । एकीकरणपछि पनि पूर्वमाओवादी केन्द्रका सांसद्हरू पूर्ववर्ती संसदीय दलकै कार्यालयमा जान्थे । र, उनीहरूको छुट्टाछुट्टै लेवी काटिन्थ्यो ।

यता संसद भवनको दाहिनेतर्फ रहेको पूर्व एमालेको संसदीय दलको कार्यालयमा पनि पूर्व एमालेका तर्फबाट निर्वाचित सांसद र नेता–कार्यकर्ता मात्रै आउने त्यहाँका कर्मचारी बताउँछन् ।

“संसदीय दल त उहिल्यै एक भएर दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने काम गरिसकेका थियौँ । तर, भवन अभावका कारण दुवै संसदीय दललाई एकै ठाउँमा राख्न सकिएको थिएन,” नेम्वाङले बाह्रखरीसँग भने, “भवन नपाएपछि अहिले पूर्वएमालेको दलको कार्यालय रहेकै ठाउँमा बन्दोवस्त गर्न लागिएको हो ।”

सरकारले संसदीय दलका लागि एकजना शाखा अधिकृतको व्यवस्था गरेको छ । त्यसैले ने क पाले दुई जना अधिकृत पाएको थियो । अब दलको कार्यालय एकै ठाउँमा रहेपछि कर्मचारी पनि कटौती हुने ने क पा संसदीय दलले जानकारी दिएको छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभाको दलको कार्यालय एकै ठाउँ

अहिले पूर्वएमालेको संसदीय दलको कार्यालयमा खाली रहेका तीनवटा कोठालाई प्रमुख सचेतक, राष्ट्रिय सभा संसदीय दलको नेता र राष्ट्रियसभातर्फका मुख्य सचेतकको कोठाको प्रवन्ध मिलाउन लागिएको नेम्वाङको भनाइ छ । यसअघि राष्ट्रिय सभा संसदीय दलको नेता दीनानाथ शर्माको कार्यकक्ष संसद् भवनको चौंथो तल्लामै थियो भने प्रतिनिधिसभाका प्रमुख सचेतक देव गुरूङको पनि पूर्वमाओवादी केन्द्रको दलको कार्यालयबाटै कार्यसम्पादन गर्दै आएका थिए ।

छुट्टाछुट्टै लेवी

पूर्वमाओवादी र पूर्वएमालेले संसदीय दलको कार्यालयमात्रै अलगअलग चलाएका थिएनन्, लेवी नै छुट्टाछुट्टै उठाउँदै आएका थिए । एमाले र माओवादी केन्द्रको लेवी रकम नै फरक–फरक छ । पूर्वमाओवादी केन्द्रले सांसदबाट मासिक १२ हजार काट्दै आएको सांसद लेखराज भट्टले जानकारी दिए । यता पूर्वएमालेले भने पाँच हजार ६ सय लेवी काट्ने गरेको सांसद् मेटमणि चौधरी बताउँछन् । “दलका नेताले निर्देशन दिनेबित्तिकै सांसदहरूको लेवी वापतको रकम एकै ठाउँमा जम्मा हुन्छ,” प्रमुख सचेतक देव गुरूङले बाह्रखरीलाई जानकारी दिए ।

अहिलेसम्म संसद् सचिवालयले ठाउँ उपलब्ध नगराएकाले दुई ठाउँमा बस्नुपरेको गुरूङको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक