राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कदै छिन् ।
मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा आएकी हुन् । कतारमा रहँदा राष्ट्रपति भण्डारीसँग कतारका अमिर लगायत यहाँका सरकारी उच्च अधिकारीहरूको भेटवार्ता भएको थियो।
साथै उजले यहाँका विभिन्न स्थान र सम्पदाको भ्रमण समेत गरिन् । राष्ट्रपति भण्डारीका साथ उच्चस्तरीय सरकारी टोली पनि आजै स्वदेश फर्कदै छ।
राष्ट्रपति भण्डारीलाई कतारका मन्त्री र कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइराला लगायत दूतावासका अधिकारीहरूले हमाद अन्तरराष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम रहेको यहाँस्थित दूतावासले जनाएको छ ।
रासस
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका
फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र
फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।