नेकपाको चियापानमा प्रधानमन्त्री ओलीलाई हामीले नै आउन दिएनौं : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई आफूहरुले नै नेकपाको शनिबार सम्पन्न चियापानमा नआउन सुझाव दिएको बताएका छन् । भरतपुर महानगरपालिकाद्वारा चितवनमा आयेजित आयोजनाहरुको घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा केही समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई चियापानमा नआउन सुझाएको बताए ।

उनले भने, ‘शनिवार नेकपाको चियापानमा हामीले नै प्रधानमन्त्री ओलीलाई नआउँन भनेका हौं, धुलो धुवाँले थप समस्या ल्याउन सक्छ भनेर,’ चियापान सकिएलगत्तै आफू प्रधानमन्त्री ओलीलाई भेट्न गएको प्रचण्डले बताए ।

साथै उनले प्रधानमन्त्री ओलीसँगको छलफलपछि चितवनमा सीटि हल निर्माण र क्रिकेट मैदान बनाउनेबारे घोषणा गरे । ‘ चितवनमा सिटीहल र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने हो तपाईले घोषणा गर्नुस् भन्नु भएको छ, प्रधानमन्त्रीले’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता