(ने क पा) को स्थायी कमिटी बैठक सर्ने

गृहमन्त्री एवम् सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल रहेको दुई सदस्यीय कार्यदलले काम नटुंग्याएका कारण कात्तिक १३ र १४ गतेका लागि  तय भएको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी कमिटी बैठक सर्ने भएको छ । विधानतः तीन महिनामा बस्नुपर्ने ने क पाको स्थायी कमिटीको बैठक गत २१ असारयता बस्न सकेको छैन ।

बिहीबार बसेको सचिवालय बैठकले नेताद्वय बादल र पौडेललाई प्रदेशको नामावली तयार पार्न र केन्द्रीय सदस्यको कार्यविभाजनको खाका तयार पार्ने जिम्मा दिएको थियो ।

पार्टीको चियापानलगाायत अन्य गतिविधिमा व्यस्त रहनु परेकाले कार्यदलले दुई पटक मिटिङ बस्ने बाहेक प्रस्ताव तयार पार्न सकेको छैन । “कार्यदलले काम नटुंग्याएकाले स्थायी कमिटीको बैठक सर्ने भएको छ,” स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ।

त्यस्तै, ने क पाका कतिपय स्थायी कमिटी सदस्यहरु विदेश भ्रमणमा छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठ र रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा छन् । त्यस्तै, गृहमन्त्री बादल पनि सोमबार मुलुक बाहिर जाने कार्यक्रम रहेको ने क पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता