काभ्रेमा प्रहरीका वरिष्ठ अधिकारी सवार जीप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

काभ्रेमा पूर्व एआईजीसहितका प्रहरीका वरिष्ठ अधिकारी सवार जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–६, गैह्रीबिसौना, भागेटारमा बा३च २८७ नंम्बरको टोयटा जिप शनिबार दिउँसो सडकबाट पाँच सय मिटर तल खसेको हो। दुर्घटनामा नमोबुद्ध नगरपालिका १० बस्ने २५ वर्षीय जीवन पराजुली र सोही स्थानका ४४ वर्षीय विनोद कार्कीको घट्नास्थलमै मृत्यु भएको छ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार दुर्घटनामा सशस्त्र प्रहरीका पूर्व डिएसपी बिनाेद गाैतम, बहालवाला डिआइजी सुशील भण्डारी, सिताराम हुमागाईं र प्रदिप बाेगटी गम्भीर घाइते बनेका छन्। डिआइजी भण्डारी प्रहरी प्रधान कार्यालयको अन्वेषण शाखामा कार्यरत छन्।

घाईतेहरु सबैकाे धुलिखेल अस्पतालमा उपचार भईरहेकाे प्रहरीले जनाएको छ। घटनास्थल धुलिखेलबाट ३० किलाेमिटर उत्तरमा पर्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ