सरकारका कोरा नाराले जनता वाक्क भइसके : प्रदीप पौडेल

। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारको कोरा नाराका कारण आम जनता वाक्कदिक्क भइसकेको बताएका छन् । जापानको राजधानी टोकियोमा नेपाल पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सरकारले हावादारी गफमात्र गरिरहेको आरोप लगाए । 

“प्रधानमन्त्री केपी ओलीको हरेक भाषणमा रेल र पानी जहाजका कुरा आउँछन्, तर आठ महिना बितिसक्दा पनि ती विषयमा कुनै सिन्को भाँचिएको छैन,” पौडेलले भने । दुई तिहाईको सरकारबाट जनताले धेरै आशा गरेपनि प्रधानमन्त्री स्वयंको त्यस्ता हावादारी गफका कारण जनता निराश भएको पौडेलको भनाइ थियो । “चिल्ला मिठा गफ गर्दै प्रधानमन्त्री ओलीले गरीब निमुखा जनताको भोट तान्ने काइदामात्र गर्नुभयो, के हाम्रा क्रान्तिकारी प्रधानमन्त्री ओलीको योग्यता यतिमात्र हो ?” पौडेलको प्रश्न थियो । 

असुरक्षा, महँगी, फितलो प्रशासन, जर्जर भौतिक पूर्वाधारका कारण नेपालीहरुको दैनिकी कष्टकर हुँदा समेत सरकार मूकदर्शक हुनु राष्ट्रिय लज्जा भएको उनले बताए । जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिए अनुसार कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको भन्दै पौडेलले सरकारको सही काममा कांग्रेसको साथ रहने प्रतिबद्धता व्यक्त गरे । 

आम कांग्रेसी सुधारिएको कांग्रेसको पक्षमा रहेको भन्दै पौडेलले त्यसका लागि आफूहरु निरन्तर क्रियाशिल रहिरहेको बताए । लगानीमैत्री वातावरण भएमा विदेशीका नेपालीहरु स्वदेशमै फर्कन तयार रहेकाले त्यस्तो वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो । मुलुुकको अन्तर्राष्ट्रिय नीति प्रष्ट नभएकाले सार्वभौमसत्ता नै जोखिममा पर्ने खतरा बढेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता