प्रचण्ड शुक्रबार बिहान भारत जाने , बेलुका नै फर्किने !

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनः भारत भ्रमणमा जान लागेका छन् । यसअघि भदौ अन्तिम साता चार दिने राजकीय भ्रमण गरेका अध्यक्ष प्रचण्ड फेरि शुक्रबार भारत प्रस्थान गर्न लागेका हुन् ।  दाहाल शुक्रबार बिहान भारत पुगेर बेलुका काठमाडौं फर्किने उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

भारतका दिवंगत पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको सम्झनामा ‘इण्डिया फाउन्डेसन’ ले गर्न लागेको कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री प्रचण्ड भारत जान लागेका हुन् । फाउन्डेशन सत्तारूढ दल बीजेपी निकट संस्था मानिन्छ ।

शुक्रबारदेखि शुरू हुने कार्यक्रम तीन दिनसम्म चल्नेछ । यो कार्यक्रममा भारतका वित्तमन्त्री अरुण जेट्ली, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतको सहभागिता रहने इण्डिया फाउन्डेसनले बताएको छ । इन्डिया फाउन्डेशनको यस्तै कार्यक्रममा दुईवर्षअघि कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएका थिए । सोही कार्यक्रममा तिब्बतका निर्वासित सरकार प्रमुख लोप्साङ साङ्गे पनि सहभागी भएपछि चीनले आपत्ति जनाएको थियो ।

तत्कालीन ठूलो दलका सभापतिले साङ्गेसँग भेटेको विषयमा चीनले ‘एक चीन नीति’ विरुद्धको भेटघाटका रूपमासमेत अथ्र्याएको थियो । कांग्रेस नेता एवम् तत्कालीन परराष्ट्रमन्त्री प्रकाश शरण महतले नेपाली नेताहरू एक चीन नीतिमा प्रतिबद्ध रहेको प्रष्टिकरण नै दिनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता