दुई–चारजना षड्यन्त्रको ओथारा बस्दैमा सरकार असफल हुँदैन : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीलाई दसैं, तिहार, छठलगायत सम्पूर्ण चाडपर्वको शुभकामना दिएका छन् । दसैं  मनाउन बिहीबार गृहजिल्ला झापा आइपुगेका ओली बिर्तामोडस्थित अग्रसेन भवनमा ने क पा जिल्ला कमिटी झापाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी थिए । 

कार्यक्रममा ओलीले दसैं देवीको विजयको पर्व भएकाले जुन घरमा महिला खुसी हुन्छन्, त्यही घरमा चाडपर्वको रमाइलो र खुसी बढी हुने बताए । प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संघीयता कार्यान्वयनका लागि काम गरिरहेकाले प्रदेश तहमा मन्त्रालय र अन्य कार्यालयहरु स्थापना र सञ्चालन गर्न कठिनाई भइरहेको बताए । 

“अझै काम गर्न मलाई केही–केही कुराले अफ्ट्यारो पारिरहेको छ । अहिले हाम्रो काम गराई पुरानो पिच उक्काएर नयाँ पिच बनाएजस्तै हो । धुलो नउड्ने नयाँ पिच बनाउँदा धुलो उड्छ । यो सरकारले धुलो उडायो भनेर बिपक्षीहरु कराइरहेका छन् । हामीलाई नयाँ पिच बनाउन अझै केही समय लाग्छ,” उनले भने । 

कार्यक्रममा ओलीले अहिलेको सरकार कुनै योग वा भवितव्यले नबनी ठूलो सङ्घर्षबाट बनेकाले अँध्यारो कोठामा कुनै दुईचार जनाले षड्यन्त्रको ओथारा बस्दैमा वर्तमान  सरकार नढल्ने ठोकुवासमेत गरे । 

अर्थमन्त्री युवराज खतिवडा, प्रदेश न १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश मन्त्रालयका  विभिन्न अधिकारी, स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा निकाय झापाका प्रमुखहरु उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीले चाडपर्वले सबै क्षेत्र र समुदायमा एकता र सुदृढीकरण ल्याउने उल्लेख गर्दै नेपाली कलासंस्कृति र चाडपर्वप्रति अन्तर्राष्ट्रिय  समुदाय पनि लोभिने गरेको बताए ।

आफू प्रधानमन्त्री हुँदा भर्खरै जारी भएको संविधान कार्यान्वयन गराउन र छिमेकीसँग बिग्रिएको सम्बन्ध सुधार्ने र बिमस्टेक सम्मेलन गराउनेजस्ता अन्तर्राष्ट्रिय  महत्वका काम सफल गरेको उनले बताए । “अरुले सधैं शीर निहुराएर बोल्दै आएको भारतसँग संविधान जारी भएपछि बिग्रिएको सम्बन्ध सुधार्दै  आँखा जुधाएर बोल्ने हैसियत मैले बनाएको छु । चीनसँग पनि विकास, पूर्वाधारका महत्वपुर्ण सहमति गरेको छु” ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक