दस हजार बढी खसीबोका भारतबाट आयात 

असाेज २०,भरतपुर । यस वर्षको दसैँमा चितवन जिल्लाले १० हजारभन्दा बढी खसीबोका भारतबाट आयात गर्ने भएको छ ।खसीबोका मासु व्यवसायी संघ चितवनले यस वर्षको दसैँमा (घटस्थापनादेखि पूर्णिमासम्म) चितवन जिल्लाको लागि मात्रै १० हजारबढी खसीबोका भारतबाट आयात हुने जनाएको छ । संघका अध्यक्ष उद्धव तिमिल्सिनाले दसैँको अवधिमा चितवन जिल्लामा १२ हजार खसीबोका खपत हुने बताए ।
‘दुई हजार खसीबोका स्थानीय उत्पादनले पुग्ला, बाँकी सबै भारतबाट आयात गर्नुपर्छ’ अध्यक्ष तिमिल्सिनाले भने, ‘यहाँको उत्पादनले एक छेउ पनि हुँदैन, चितवनमा खपतको ९० प्रतिशत खसीबोका भारतबाट आयात भइरहेको छ ।’
खसीबोका मासु व्यवसायी संघले जिल्लामा दर्ता भएका ९६ वटा मासु पसलबाट निकालेको तथ्यांकअनुसार चितवनमा दसैँको अवधिमा १२ हजार खसीबोका खपत हुँदा जिल्लावासीले झन्डै १ करोड ६० लाख खसीबोकाको मासुमा मात्र लगानी गर्नेछन् ।
संघका अध्यक्ष तिमिल्सिनाले गत वर्षको दसैँमा चितवनमा १० हजार खसीबोका खपत भएको बताए । उनले भने, ‘गत वर्ष झन्डै ८ हजारको हाराहारीमा भारतबाट खसीबोका आयात भएको थियो । संघका अनुसार घरमै उत्पादन गरेर दसैँमा खासीबोका खपत हुनेको तथ्यांकमा समेटिएको छैन ।
चितवनको उत्पादनले वर्षको एक महिना पनि खसीबोका   पुर्याउन  नसक्ने खसीबोका मासु व्यवसायी संघले जनाएको छ । ‘पहिलेभन्दा जिल्लामा खसीबोकाको उत्पादन बढेको छ, तर झिनो उत्पादनले पुग्दैन, ठूला रुपमा व्यवसायिक बाख्रापालन यहाँ भएको छैन’ अध्यक्ष तिमिल्सिनाले भने, ‘खसीबोकामा वर्सेनि भारतको भर पर्नुपरेको छ ।
 

चितवनका दर्ता भएका ९६ वटा मासु पसलमध्ये धेरैले भारतको उत्तरप्रदेशबाट खसीबोका ल्याइरहेका छन् । व्यवसायीले भारतबाट प्रायः हचुवाको भरमा खसीबोका किनेर ल्याउने गरेका छन् । भारतबाट जिउँदो जोखेर खसी ल्याउँदा प्रतिकिलो ४५० देखि ५०० रुपैयाँसम्म परेको व्यवसायी बताउँछन् ।

भारतबाट खसीबोका आयात गर्नुपर्दा महँगो परेको संघका महासचिव गणेशप्रसाद कँडेलले जानकारी दिए । उनले भने, ‘साउनदेखि नै भन्सार बढेको छ, क्यारेन्टाइन, निकासीपैठारी सबै बढेको छ, यहीँको उत्पादन भए सस्तो पनि पर्ने र सहज पनि हुने थियो ।’
उनले चितवनमा व्यवसायीबाट दैनिक २८८ वटा खसीबोका खपत भएको भएको बताए । उनले भने, ‘एउटा खसीको १२ हजारको दरले चितवनवासीले मासिक १० करोड ८० लाख खसीबोकाको मासुमा लगानी गरेका छन् ।

व्यावसायिक रुपमा चितवनमा खसीबोका पालन नहुँदा व्यवसायीहरु भारत धाउनु परेको उनको गुनासो थियो । उनले भने, ‘यहीँको उत्पादनले पुग्ने भए किन भारतबाट आयत गर्नुपर्ने नै थिएन । उनले सरकारले बाख्रापालनमा किसानलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने बताए ।
चितवनमा विभिन्न गैरसरकारी संस्थाहरुले बाख्रापालनमा जोड दिए पनि किसानहरु आकर्षित हुन नसकेका व्यवसायीहरु बताउँछन् ।

व्यवसायीहरुका अनुसार चितवनको मासुपसलहरुमा गत साउनदेखि प्रतिकिलो खसीको बासोसहितको मासु ८०० र बोसोरहित मासुको ८८० रुपैयाँ लिने गरिएको छ । संघले दसैँ, तिहार र छठमा यही मूल्य रहने जनाएको छ । गतवर्ष प्रतिकिलो खसीको बोसोरहित मासुको ८३० र बोसोसहितको मासुको ७५० थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री

टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग

भिजिट भिसाको आवरणमा महिला हरुलाई मानव तस्करी गरिदै, सरोकारवाला मौन

People Nepal, काठमाडौं ः भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा मानव

विकासका लागि सुशासन

बालकुमारी कार्की देश विकासका लागि सुशासन अपरिहार्य तìव हो । सुशासनका विशेषतामा कानुनी शासन, पारदर्शिता,

भारतीय अन्तरिक्ष मिशन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत