प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाही गर्न आनाकानी गरेको र सरकारबाटै दोषी बचाउने काम भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अवरोध गरेको छ ।
बैठक सुरु हुन लाग्दा कांग्रेस सभापति शेरबहादुर देउवासहित सांसदहरु सिटबाट उठेर विरोध जनाएका हुन् । कांग्रेस सांसद दिलेन्द्र बडुले ५० दिन भैसक्दा पनि दोषी पत्ता लगाउन नसक्नुले यो प्रकरणमा सरकार संरक्षित ठूलै शक्तिको चलखेल रहेको आरोप लगाए । उनले वर्तमान सरकार कुन शक्तिले चलाएको छ भन्दै प्रधानमन्त्री केपी ओलीसँग जवाफ मागे ।
कांग्रेस सांदहरुले वैठक अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले सरकारको तर्फबाट जवाफ दिन रुलिङ गर्ने बताए पनि कांग्रेस सांसदले बैठक चल्न दिएनन् । महरालै धेरै पटक बसिदिन र बैठक सुचारु गर्न सघाउन आग्रह गरे तर मानेनन् । अन्ततः १० मिनटको लागि बैठक स्थगित गर्नु परेको थियो ।
हेर्नुस् संसदमा यसरी भड्किए कांग्रेस सांसद :-
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक