August 28, 2018

नेकपामा माधब नेपाल समुहको यस्तो छ असन्तुष्टि !

Madhav-Kumar-Nepal-29082017073922-1000x0

भाद्र १२, काठमाडौं ।   नेकपाका बरिस्ठ नेता माधब कुमार   नेपाल  समूहले आफू निकट नेताहरू जम्मा भएर छलफल चलाउन शुरु गरेको छ। छलफलका एजेन्डा भने सचिवालयभन्दा स्थायी कमिटी बलियो हुनुपर्ने, स्थायी कमिटीबाटै नियमति काम गरिनुपर्ने, कमिटीको निर्णय प्रक्रिया हुनुपर्ने, सामूहिक नेतृत्व हुनुपर्ने रहेको  छ । नेकपाले स्थायी कमिटीमा भन्दा नौ सदस्य सचिवालयबाट दैनिक कामकाजका निर्णय गर्न थालेपछि नेपाल समूहले असन्तुष्टि जनाएको छ ।

 

नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा माधव नेपालसँगै यी मुद्दामा झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल, घनश्याम भुसाल, योगेश भट्टराई, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल आचार्य, गोकर्ण विष्ट, भीम आर्चाय, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल र रधुजी पन्त पनि एकै ठाँउ छन् । गत  विहिवारको वैठकमा ती मध्ये अधिकास नेता सहभागी थिए ।

नेकपाभित्र पार्टी एकता, सचिवालय गठनदेखि महासचिव चयनसम्ममा पनि असन्तुष्टि उठेका छन् । झलानाथ खनालले बरियताका विषयमा असन्तुष्टि राखेका छन् । आगामी स्थाइ कमिटी बैठकमा यी विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

यस्तो छ योगेश भट्टराईको भनाई 

पार्टीका मातहत कमिटी र मोर्चा संगठनहरुको एकीकरण सम्बन्धमा मेरा केही भनाई ( योगेश भट्टराईको सामाजिक सन्जालबाट लिइएको ):

१. तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका बीचको एकता आजको युगको ऐतिहासिक परिघटना हो । यसको युगान्तकारी महत्व छ । यो एकताको रक्षा गर्नु र सहि सैद्धान्तिक जगमा यसलाई अझ सुद्रिढ गर्नु आज हामी सबैको पहिलो दायित्व र जिम्मेवारी हो । पार्टी एकताको विन्दुसम्म पुर्याउन नेत्रित्व गर्ने मुख्य नेताद्वय केपी ओली र प्रचन्ड, यसमा सकारात्मक भूमिका निर्वाह गर्नुहुने वरिष्ठ नेताहरु, विभिन्न तहका नेता तथा कार्यकर्ताहरु सबैलाई इतिहासले सलाम गर्नेछ । आफ्नो मतद्वारा पार्टी एकतामा दबाब सिर्जना गर्ने नेपाली जनताप्रति हाम्रो शिर सदैब निहुरिरहने छ ।

२. पार्टी एकीकरणसँगै केन्द्रीय कमिटीको निर्माण, स्थायी समिती तथा सचिवालयको गठन, पदीय व्यवस्थापन आदी विषयमा समेत केही असन्तुष्टी रहेका थिए । अनेकौँ राष्ट्रिय एजेण्डाका बीचमा पार्टी एकताको कार्य हतारमा गर्नुपर्दाको कारण केही कमजोरी भयो होला भनेर नेत्रित्वलाई शंकाको सुविधा दिनु उपयुक्त हुन्छ । यद्यपी पारदर्शी र लोकतान्त्रिक विधि तथा सहभागितामूलक प्रकृयालाई व्यवस्थित गर्न सकेको भए कमजोरिलाई न्युनिकरण गर्न सकिन्थ्यो ।

३. तल्ला कमिटी र मोर्चा संगठनको एकीकरणका लागि गठन गरिएका कार्यदलहरुले अत्यन्तै जिम्मेवारीपूर्वक संगठनको एकीकरणका लागि काम गरिरहेका छन् । म कार्यदलका सबै कमरेडहरुले गर्नु भएको मेहनतको प्रशंसा गर्दछु । जनप्रतिनिधिहरुको पार्टी जिम्मेवारीका सन्दर्भमा केन्द्रीय सचिवालयले केही मापदण्ड निर्धारण गरी सर्कुलर जारी गर्यो तर अन्यको हकमा कुनै मापदण्ड निश्चित नगरिदिँदा आज सार्वजनिक भएका समस्याहरु उत्पत्ति भएका हुन् भन्ने मलाई लाग्दछ । जनप्रतिनिधिका हकमा मापदण्ड जारी गर्ने केन्द्रीय सचिवालयले मातहतको कमिटी निर्माणमा भने किन मापदण्ड तोकेन र कार्यदललाई मनखुशी गर्न छुट दियो ? यो प्रश्न भने मेरो मनमा उब्जिरहेको छ । यत्रो विशाल संरचना भएको र युगिन जिम्मेवारी बोकेको राजनीतिक पार्टी निश्चित मापदण्ड, लोकतान्त्रिक प्रकृया, पारदर्शीता र सहभागितामूलक विधिबाट बाहेक अन्यथा तरिकाबाट चल्न र संचालन हुनै सक्दैन ।

४. समय घर्केको छैन । बिग्रिनु पूर्व नै सच्याउने काम गरौँ । यसका लागि पार्टीका तहगत कमिटी र मोर्चा संगठनको एकीकरणमा निम्नानुसारको मापदन्ड लागु गरौँ ।

क. कुनै जिल्ला कमिटीको अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको छैन भने अब बन्ने एकीकृत कमिटीको अध्यक्ष उसैलाई बनाऔँ । यदी अध्यक्ष जनप्रतिनिधिमा निर्वाचित भएको अवस्थामा त्यो जिम्मेवारी उपाध्यक्षलाई दिउँ । उपाध्यक्ष पनि त्यस्तै भए सचिवलाई र सचिब पनि त्यस्तै भए उपसचिवलाई जिम्मेवारी दिउँ । पदाधिकारी सबै जनप्रतिनिधि भएमा सहमतिकासाथ वरिष्ठ सदस्य मध्येबाट जिम्मेवारी दिने व्यवस्था मिलाऔँ ।

 

ख. मोर्चा संगठन, संपर्क कमिटी र मञ्च र प्रवास कमिटीमा पनि यहि मापदन्ड लागु गरौ ।

ग. आउने एक वर्षभित्र सबै प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउका साथै जनसंगठनहरुका अधिवेशनहरु सम्पन्न गरौँ । त्यसक्रममा सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक बिधिबाट नेतृत्वको छनोट गरौँ ।

५. एमाले र माओवादी बीचको एकीकरण दुईवटा पार्टी समाप्त भएर नयाँ पार्टी बनेको होइन । दुईवटा पार्टीको एकता भएर एकिक्रित स्वरुपमा रुपान्तरण भएको हो । यहि संगठनात्मक सिद्धान्तमा उभिएर केन्द्रमा कमिटी र नेतृत्व रुपान्तरित भएको हो । जसलाई पार्टीले संक्रमणकालिन अवस्था भनेको छ । मातहतमा पनि यहि सिद्धान्तलाई पछ्याउनु पर्दछ ।

६. यो एकताको बेला हो । यो जटिल र संवेदनशील बेला पनि हो । यस्तो बेलामा अनावश्यक ढंगले समस्या उत्पन्न गर्नु कुनै पनि मानेमा राम्रो मानिने छैन । त्यसमा पनि पार्टी र सरकारमाथि चौतर्फी आक्रमण भैरहेको बेलामा सिङ्गो पार्टी अझ एकताबद्ध भएर त्यसको सामना गर्नु पर्नेमा पार्र्टीिभत्र निषेध र प्रतिशोधको व्यवहारमार्फ्त पार्टीलाई कमजोर बनाउने हर्कतहरुलाई इतिहासले क्षमा गर्ने छैन ।

७. आदरणीय नेताद्वय कमरेड केपी ओली र कमरेड प्रचन्ड, पार्टी एकताको घोषणासँगै सात दशक लामो प्रयत्नलाई आफ्नो कालमा सार्थक बनाउनु भयो, तपाईंहरुलाई ईतिहासले सलाम गरेको छ र जुगजुगसम्म अमर हुनुहुने छ । सायद तपाईंहरुको जिन्दगीमा योभन्दा युगान्तकारी उपलब्धि अर्को हुने छैन । आजको दिनमा नेपाल कम्युनिस्ट पार्टीका लाखौँ लाख कार्यकर्ताहरुले तपाईंहरुबाट न्याय र समानता खोजेका छन, एउटा असल अभिभावकको भूमिका खोजेका छन् । मेरो कठोर विश्वस छ – हजारौँ चुनौती र अप्ठ्यारामाथि खरो उत्रैदैँ आउनु भएका तपाईंहरु आफ्नै कार्यकर्ताका यी अपेक्षामा पनि सफल बन्नुहुनेछ ।

नेपाल कम्युनिस्ट पार्टीका सम्पूर्ण कमरेडहरु पार्टी कमिटीहरुको एकीकरणका सन्दर्भमा केही तिता समाचारहरु सार्वजनिक भएकोप्रति मलाई चिन्ता लागेर यो टिप्पणी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको हुँ । पार्टी स्थायी समितिको बैठक केही ढिला गरी डाकिएको कारण नेतृत्व समक्ष सुझावका रुपमा यो टिप्पणी प्रस्तुत गरेको छु । पार्टी एकताप्रतिको मेरो विश्वास र पहलकदमी अटुट रहने छ । सबैले सकारात्मक योगदान गरौ ।
धन्यवाद !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक