प्रधानन्यायाधीश सिफारिसमा प्रधानमन्त्रीको दोहोरो चरित्र देखियो : देउवा

 विपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश सिफारिसमा प्रधानमन्त्री  केपी शर्मा ओलीको दोहोरो चरित्र देखिएको भन्दै सदनमा आक्रोश पोखेका छन् ।

व्यवस्थापिका–संसदको आइतबारको बैठकमा कांग्रेस सभापतिसमेत रहेका देउवाले भने, “संवैधानिक परिषदबाट सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिबाट अस्वीकार गर्न लगाउने ? प्रधानन्यायाधीश सिफारिस प्रकरणमा प्रधानमन्त्रीको दोहोरो चरित्र देखियो ।”

उनले प्रधानमन्त्रीकै कारण न्यायालयमा रिक्तता महसुस भएको भन्दै यथाशीघ्र सुनुवाइ समितिले निर्णय लिनुपर्ने औँल्याए । उनले करको दर बढेकामा समेत चिन्ता व्यक्त गरे । कर तिर्नु नागरिकको दायित्व हुने सैद्धान्तिक कुरा भए पनि दर नागरिकको सामथ्र्यमुताविक हुनुपर्ने जिकिर गरे ।

उनले संविधानले व्यवस्था गरेमुताविक प्राकृतिक स्रोत बाँडफाँट तथ वित्त आयोग यथाशीघ्र बनाउनसमेत सुझाव दिए । त्यस्तै उनले उखु किसानले भुक्तानी नपाएको भन्दै चिन्तासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक