नयाँ शक्ति पार्टी नेपालले सोमबार माइतीघरमा प्रदर्शन गर्ने

सरकारले अधिनायकवादी मनोदशाबाट प्रेरित भएर सार्वजनिक स्थलहरुलाई निषेधित क्षेत्र घोषणा गरेको भन्दै नयाँ शक्ति पार्टी नेपालले साउन १ गते नै माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ । नग्न सरकारी हस्तक्षेप बन्द गरिनुपर्ने, निषेधित क्षेत्र खारेजीको माग गर्दै प्रदर्शन गर्न लागिएको सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग प्रमुख विश्वदिप पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् ।

यस्तो छ उनले जारी गरेको विज्ञप्ति 

प्रेस–वक्तव्य

विद्यमान स्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले गरेका कतिपय क्रियाकलापले नयाँ शक्ति पार्टी, नेपालको ध्यान गम्भीररुपमा आकर्षित भएको छ । लोकतन्त्र, जनजिविका, विकास रणनीतिलगायतका केही तत्कालीन विषयमा तपसिल बमोजिम माग गर्दै आगामी श्रावण १ गते १ बजे काठमाडौंको माइतीघर मण्डलामा नयाँ शक्ति पार्टी, नेपालले जनप्रदर्शन गर्ने व्यहोरा समेत अवगत गराउन चाहन्छौं ।

१.    लोकतन्त्रलाई संकुचन गर्ने अधिनायकवादी मनोदशाबाट प्रेरित भएर साउन १ गतेदेखि काठमाडौंका विभिन्न सार्वजनिक स्थलहरुलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय अबिलम्ब खारेज गरियोस् । सञ्चारजगत र प्राज्ञिक क्षेत्रमा भइरहेको नग्न सरकारी हस्तक्षेप बन्द गरियोस् । प्रेस र अभिव्यक्ति स्वतन्त्रता पूर्ण रुपमा प्रत्याभूत गरियोस् ।

२.    बजेट फ्रिज हुन नदिने नाममा जथाभावी भइरहेको असारे विकास अबिलम्ब बन्द गरियोस् । यस प्रक्रियामा भइरहेको भ्रष्टाचार, गुणस्तरहीन निर्माण र कमिसनखोरीलाई कानुनी कार्वाहीको दायरामा ल्याइयोस् । श्रावण–असारको आर्थिक वर्ष परिवर्तन गरी बैशाख–चैत्रको नयाँ आर्थिक वर्ष कायम गरियोस् । 

३.    शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहको चरम निजीकरण, व्यापारीकरण र माफियाकरण अन्त्य गरियोस् । समाजवादी नीति अनुरुप शिक्षा र स्वास्थ्यको व्यवस्था गरियोस् । माथेमा आयोगको सिफारिस, मर्म र भावना अनुरुप स्वास्थ्य शिक्षा विधेयक संसदमा पेश गरियोस् ।

४.    महिला हिंसाका घटना नियन्त्रण गर्न, महिला हिंसामा संलग्नलाई कार्वाही गर्न राज्यले देखाएको उदासिनता अन्त्य होस् । पश्चिम नेपालमा कायम रहेको छाउपडी प्रथाको अन्त्यका लागि अबिलम्ब प्रभावकारी कदम चालियोस् । 

५.    विकासका नाममा विशेषत: काठमाडौं उपत्यकाभित्र भइरहेको साँस्कृतिक सम्पदाहरुको विनाश र जिर्णोद्धारमा गरिएको लापरवाही अन्त्य गरियोस् । काठमाडौं–निजगढ द्रूतमार्गसँग जोडिएको खोकनाबासीहरुको सरोकारलाई सम्बोधन गरियोस् । 

६.    वर्षायामसँगै देशव्यापी रुपमा भइरहेको बाढी, पहीरो, डुबान, कटानको समस्यालाई दृष्टिगत गरी राज्यको तयारीलाई प्रभावकारी बनाइयोस् । यस्ता घटनामा उद्धार, राहत र पुनस्र्थापना कार्यलाई तदारुकताका साथ सम्पन्न गरियोस् ।

उपरोक्त जनसरोकारका अहम् मागलाई पूरा गराउने उद्देश्यले आयोजित श्रावण १ गतेको जनप्रदर्शनमा सहभागिता जनाउन सम्पूर्ण जनसमुदायलाई हार्दिक अपील गर्दछौं ।

साथै देशको आन्तरिक राष्ट्रिय एकताविना देशको समृद्धि सम्भव छैन । यसका लागि विविधतापूर्ण इन्द्रेणी राष्ट्रियतालाई सम्मान गर्न र सबै राष्ट्रियताहरुको पहिचानको मुद्दामा सबै पक्ष जिम्मेवार बन्न पनि हार्दिक अनुरोध गर्दछौं ।

………………….
विश्वदीप पाण्डे
प्रमुख
सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक