चिकित्सा शिक्षा विधेयक पेश हुन सकेन, संसद बैठक स्थगित !

सरकारले प्रतिनिधिसभाको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरेको भए पनि प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका कारण पेश गर्न सकेन । सरकारले फास्ट ट्रयाक विधिबाट चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको थियो । एकैदिन तीन बैठक बसेर विधेयक पारित गर्ने सत्तापक्षको तयारी थियो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले सहमतिका लागि बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर सहमति नजुटेपछि बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको छ । कांग्रेसले विधेयक अगाडि बढाए संसद अवरोध गर्ने चेतावनी दिएपछि बैठक स्थगित गरिएको हो । यही असार २० गतेभित्र अध्यादेशको प्रतिस्थापन विधेयक संघीय संसदबाट पारित नभए स्वतः अध्यादेश निष्क्रिय हुनेछ। 

सभामुख महराले संसदमा विधेयक अगाडि बढाउने विषयमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए। सत्तापक्षका सांसदहरूले विधेयक पारित गर्न समय अभाव हुने कारण देखाउँदै नियम निलम्बन आवश्यक भएको बताएका थिए भने नेपाली कांग्रेसका सांसदहरुले अध्यादेशको मूल मर्म परिवर्तन गरिएको र विधेयक पढ्नसमेत नपाइएको भन्दै संसद अवरोधको चेतावनी दिएका थिए।

यसअघि भएका सहमति लत्याउँदै सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गरेको थियो । 

दुईपटक अध्यादेशमार्फत ल्याइएका कतिपय विषय हटाउँदै अध्यादेशको समय सकिनै लागेका बेला सरकारले त्यसमा रहेका विशेष प्रावधान हटाएर संसदमा दर्ता गरेको हो । शुक्रबार दर्ता गरिएको विधेयक आजै फाष्ट ट्रयाकबाट पारित गर्ने तयारी थियो । 

यसअघि जारी गरिएको अध्यादेशमा काठमाडौं, ललितपुर, भक्तपुर जिल्लामा दश वर्षसम्म कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिने या चिकित्सा शिक्षासम्बन्धी कुनै संस्था वा प्रतिष्ठान स्थापना गरिने छैन’ भनिएको भए पनि अहिले विधेयक आउँदा उक्त प्रावधान नै खारेज गरिएको छ ।

यसले गर्दा डा.गोविन्द केसीले वर्षौंदेखि राख्दै आएका माग समाप्त गरिँदैछ । उता केसीले यसअघि भएका सम्झौता कार्यान्वयनको माग गर्दै शनिबारदेखि जुम्लामा १५ औं सत्याग्रह सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक