‘यो पागल मन’को ट्रेलर सार्वजनिक

अभिनेत्री ऋचा सिंह ठकुरी स्टारर नयाँ फिल्म ‘यो पागल मन’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर कलाकार र निर्माण टीमको उपस्थितिमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम, विछोड र द्वन्द्वलाई ट्रेलरमा मुख्य स्थान दिइएको छ । यस्तै उक्त ट्रेलरमा ऋचा र अभिनेता विनोद न्यौपानेको प्रेममा अभिनेता राजेश ढुंगाना भिलेन बनेका छन् ।

कल्याण अधिकारी निर्देशित ‘यो पागल मन’मा बिरेन्द्र कुमार यादब र कल्याणको लगानी छ । सामिप्यराज तिमल्सिनाको पटकथा तथा संवाद रहेको चलचित्रलाई शम्भु सापकोटाले खिचेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको फिल्मको गीतलाई कमल राईले कोरियोग्राफी गरेका छन् । असार २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा गौरी मल्ल, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको