बजेटलाई ‘हावादारी’ भन्ने देउवा आफैं ‘हावादारी’ : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले बजेटलाई ‘हावादारी’ भनि टिप्पणी गरेकोमा आपत्ति जनाएका छन्।

देउवाप्रति_व्यंग_गर्दै_ओलीले_भने-_बजेटलाई_हावादारी_भन्ने_आफैं_हावादारी7488

प्रधानमन्त्री ओलीले देउवाप्रति लक्षित गर्दै केही भन्ने ठाउँ नभएपछि बजेटलाई ‘हावादारी’ भनिएको दावी समेत गरे।

बुधबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले बजेटलाई ‘हावादारी’ भनेर टिप्पणी गर्ने आफै ‘हावादारी’ भएको भन्दै देउवाप्रति व्यंग समेत गरे।

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पनि सुशासन र समृद्धिको अभियानमा सहभागी हुन आह्वान गरे। उनले बैचारिक भिन्नता देखाउने तर भ्रष्टाचारको मामलामा उस्तै देखिने राजनीतिक विचारधाराको कुनै अर्थ नहुने भन्दै सचेत पनि गराए।

प्रधानमन्त्री ओलीले शिक्षालाई विकास र उत्पादनसँग जोड्ने सरकारको योजना रहेको पनि बताए। उनले गुणस्तरीय शिक्षा दिने काममा जिम्मेवारी बोधका साथ अघि बढन शिक्षकहरुलाई पनि सचेत गराए।

प्रधानमन्त्री ओलीले एक वर्ष भित्र मुलुकबाट निरक्षरता उन्मुलन गर्ने दावी पनि गरे। कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता