अब गणतन्त्र आइसक्यो ढुंगेलको चालचलन ठिक छ कि छैन भन्न प्रधानमन्त्री राजा होइबक्सन्न : गगन थापा

सर्वोच्च अदालतले जन्मकैद फैसला सुनाएका पूर्वसांसद बालकृष्ण ढुंगेललाई प्रधानमन्त्रीले मनोमानी रूपमा कैदमिनाहा गरिदिएको भन्दै प्रमुख प्रतीपक्षी नेपाली  कांग्रेसले आपत्ति जनाएको छ।

मंगलबारको संसद बैठकमा विषेश समय मागेर बोल्दै सांसद गगन थापाले सरकारले मनोमानी रूपमा यसरी निर्णय गर्न नपाउने बताए।

जेलमा रहँदा असल चालचलन देखाएको भनेर  सरकारले गणतन्त्र दिवसको अवसरमा मंगलबार ढुंगेलको बाँकी कैद मिनाहा गरेको थियो।

‘पूर्वसांसदलाई जन्मकैदको फैसला सुनाएपछि उहाँले अदालतले जारी गरेको वारेन्ट खारेज गर्छु, त्यो फैसल मान्दिनँ, मेराविरुद्ध फैसला गर्ने न्यायाधीशलाई म वारेण्ट जारी गर्छु भन्ने भाषण गर्नुभएको थियो,’ थापाले भने, ‘प्रधानमन्त्रीले अदालतलाई धम्की दिने ढुंगेलको चालचलन ठीक छ भनेर मनोमानी रूपमा कैद मिनाहाको निर्णय गर्नुभयो। हिजो राजाले त्यसै गर्थे अब गणतन्त्र आइसक्यो कसैको चालचलन ठिक छ कि छैन भन्न प्रधानमन्त्री राजा होइबक्सन्न।’

थापाले ढुंगेलको मुद्दा संक्रमणकालीन न्यायअन्तर्गत नपर्ने पनि बताए।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले ढुंगेललाई जन्मकैदको सजाय सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता