आफ्नै अभिव्यक्तिले अप्ठ्याराेमा परे प्रधानमन्त्री ओली

 नेकपा एमाले र माओवादी केन्द्र विघटन भएर नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी गठन गरिएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टी नेकपा माओवादीबाट एकीकृत माओवादी हुँदै माओवादी केन्द्रमा आइपुगेर विघटन भयो । तत्कालीन नेकपा माओवादीले मुलुकमा १० वर्ष सशस्त्र युद्ध गरेको थियो । जसलाई उसले जनयुद्ध भन्दै आएको छ ।

तर, सो युद्ध आवश्यक नरहेको तर्क गर्ने तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध’ शब्दप्रति आपत्ति जनाउँथे र माओवादीविरुद्ध कुर्लिन्थे । सार्वजनिक कार्यक्रममा माओवादीविरुद्ध खरो रुपमा उत्रिएर ओलीले माओवादी युद्धको आवश्यकता र औचित्यमाथि प्रश्न उठाउँदै माओवादीका लडाकुलाई गुरिल्ला शब्द प्रयोग गर्थे ।

जनतासामू दिएका यी अभिव्यक्तिले अहिले ओली अप्ठारोमा परेका छन् । पार्टी एकीकरणपछि अब तत्कालीन माओवादीले मनाउँदै आएका विभिन्न दिवस देखि माओवादी युद्धलाई स्वीकार्नुपर्ने बाध्यतामा ओली परेका छन् । तर, जनतासामू दिइएको पहिलाका अभिव्यक्ति मात्र राजनीतिक स्वार्थका लागि थियो भने अहिले दिइने अभिव्यक्ति र जनतासामू गरिने वाचा कसरी विश्वास योग्य हुन्छन् ? यसर्थ ओली अप्ठारोमा परेका हुन् ।

तत्कालीन माओवादीले मनाउने गरेको ‘वेपत्ता योद्धा दिवस’ आज परेको छ । यो दिवस ओली र प्रचण्डले संयुक्त रुपमा नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मनाउँदै छ । प्रचण्ड सहभागी हुनेछन् भने ओलीलाई निम्तो दिइएको छ, तर उनी सहभागी हुने नहुने एकीन भइसकेको छैन ।

पेरिसडाँडामा हुने सो कार्यक्रममा ओलीले समय मिलाएर आउने कोसिस गर्ने बताएका छन् । तर, उनी नगएपनि तत्कालीन एमालेका वरिष्ठ नेताहरु सहभागी हुने बताइएको छ ।
२०५६ जेठ ७ गते नेकपा माओवादीका तत्कालीन केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने, मिलन नेपाली, नविन गौतम र कमला शर्मालाई काठमाडौंको टेबहालबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएर वेपत्ता पारेको दिनलाई स्मरण गर्दै तत्कालीन माओवादी तथा नेकपाले वेपत्ता योद्धा दिवस मनाउन लागेको हो ।

मुलुकमा १० वर्ष भएको माओवादी युद्धमा एक हजार बढी माओवादीहरु वेपत्ता भएका छन् । सरकारले अहिलसम्म उनीहरुको अवस्था सार्वजनिक गर्न सकेको छैन । यसैगरी उक्त युद्धमा करिब १८ हजार मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता