एकीकृत पार्टीका २४१ केन्द्रीय सदस्यको टुंगो लाग्यो

एकीकृत पार्टीका २४१ केन्द्रिय सदस्य फाइनल भएका छन् । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा तत्कालिन एमालेका तर्फबाट २४१ केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको हो ।

एकीकरणअघि तत्कालिन एमालेले तत्कालिन माओवादी केन्द्रसँग भएको सहमतिअनुसार ४४१ सदस्सीय केन्द्रीय समितिमध्ये २४१ सदस्य भाग पाएको थियो । जसअनुसार एमालेले तत्कालिन केन्द्रीय समितिमा रहेका सदस्य र हाल ४५ जना थप गरी २४१ जनाको नाम टुंगो लगाएको हो ।

पूर्व एमालेको स्थायी समितिले ४१ सदस्यको नाम टुङ्ग्याउन अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालाई जिम्मा दिएको थियो । सोहि अनुसार ४५ जनाको नाम टुंगो लगाएसँगै तत्कालिन एमालेले भागमा पाएको सबै केन्द्रीय सदस्यको सूची टुंगो लागेको हो ।

तत्कालिन एमालेबाट टुंगो लगाइएको नाम अब एकीकृत पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डले अनुमोदन गर्नुपर्ने बताइएको छ । यसैबीच तत्कालीन माओवादीको केन्द्रको भागमा परेको २०० केन्द्रीय सदस्य मध्ये ८४ जनाको नाम तय भएका छन् ।

माओवादी केन्द्र हुँदा सचिवालयमा रहेका ८४ जना स्वत केन्द्रीय सदस्य भएका हुन् । त्यसबाहेक अन्य ११६ जना छान्ने काम जारी छ । तत्कालीन माओवादी केन्द्रले आज ११६ जनाको नाम टुंगाउने तयारी गरेको छ ।

दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो । नेकपामा स्थायी कमिटीका ४५ जनामा तत्कालीन एमालेबाट २६ र माओवादीबाट १९ जना रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता