झरेका पात,बोक्राप्रति चिन्ता हैन नयाँ विरूवालाई मलजल गर्नेतर्फ केन्द्रित होऔं : डा. भट्टराई

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ विरूवा हुर्कदै गर्दा पुराना पात,बोक्रा झर्दै जाने बताएका छन् । भट्टराईले एक ट्वीट मार्फत भनेका छन् यो प्रकृतिको नियम हो, झरेका पात,बोक्राप्रति चिन्ता हैन नयाँ विरूवालाई मलजल गर्नेतर्फ केन्द्रित होऔं । प्रसंग हो नया शक्ति पार्टीका चुलबहादुर पुलामी (सरोज)लाइ उपाध्यक्ष भनेर  एमालेमा प्रवेश गराएपछिको हाे  । यस विषयमा नयाँ शक्क्ति पार्टी नेपालले बिज्ञप्ति नै निकालेको छ ।

सिन्धुली जिल्लाका उपाध्यक्ष चुलबहादुर पुलामी (सरोज) सयौं कार्यकर्ताहरू लिएर एमालेमा प्रबेश गरेको प्रचारले नयाँ शक्ति पार्टी, नेपाल जिल्ला कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नयाँ शक्ति पार्टीमा अध्यक्ष, उपाध्यक्ष जस्तो कुनै पदीय संरचना नभएको भन्दै हुँदै नभएको पद सिर्जना गरेर बजार हल्ला गर्नु एमाले जस्तो पार्टीको लागि शोभनीय कुरा नभएको बिज्ञप्तिमा भनिएको छ ।

साथै नयाँ शक्क्ति पार्टीमा सरोज पुलामीको आचरण सम्बन्धी बिषयलाई लिएर २०७४ चैत्र २५ गते सम्पन्न जिल्ला परिषदको बिस्तारित बैठकले अनुसन्धान र स्पष्टीकरण लिने निर्णय गरेको थियो । त्यसैले निज पुलामीलाई कुनै पनि जिम्मेवारी नदिएको नयाँ शक्क्ति पार्टी नेपालले जनाएको छ । उक्त बिज्ञप्तिमा भनिएको छ , पार्टीका सयौं कार्यकर्ता लिएर गएको भन्ने कुरा सफेद झूठ हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक