आज नेपालको भविष्य दर्ता गर्दैछौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अब प्रतिष्पर्धी नभएको बताएका छन् ।

मदननगर बल्खुमा भएको २५ औं मदन आश्रित स्मृति दिवसमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसलाई पनि आफूहरुले सँगै लिएर अघि बढ्ने बताए ।

“आज ५० साल होइन, मदन–आश्रितको दुखद निधन भएको २५ वर्ष बितिसकेको छ । उहाँले लिएको सानो गोरेटो अब ६ लेनको बाटोमा अघि जाँदैछ । पार्टी कहिले मिल्छन् कहिले फुट्छन् मात्रै होइन । यो मिले भन्ने मात्रै विषय होइन । नेपालको राजनीतिलाई नेपालको वर्तमान, भविष्य, अर्थतन्त्र, संस्कृतिलाई अनेक कोणबाट प्रभावित गर्छ । यसको दुरगामी महत्व छ । कसका सदस्य कति छन् मात्रै होइन । आज हामीले  नेपालको भविष्य दर्ता गर्दैछौं । यो चानेचुने कुरा होइन ।” उनले आजै नयाँ पार्टी दर्ताको तयारी भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक