संविधान संशोधन गर्न सकिनँ माफ पाउँ भनेको छु र घुँडामा भ्वाङ पर्न ?

 प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता गगन थापालाई जवाफ दिएका छन् ।  अघिल्लो सरकारजस्तो निरीह यो सरकार नरहेको बताउँदै  उनले थापालाई प्रश्न गरे, “संविधान संशोधन गर्न सकिनँ माफ पाउँ भनेको छु र घुँडामा भ्वाङ पर्न ?”

थापाले सोमबार व्यवस्थापिका संसदमा बोल्दै अरूलाई लम्पसारवादी भन्ने केपी ओली आफैँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामु लम्पसार परेको भन्दै कटाक्ष गरेका थिए । मंगलबार युवा संघको २८ औँ स्थापना दिवसका दिन आयोजित कार्यक्रम उद्घाटन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले थापालाई भने, “युवा छन्, केही गर्लान् भनेको दिमागमा त विरोधमात्रै रहेछ !”

उनले एमाले भारत विरुद्ध उफ्रिइरहोस् र त्यसको फाइदा आफूमात्रै लिइराख्न पाउँ भन्नेलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले टाउको दुःखेको बताए ।

“हामी भारतको विरोधी होइनौँ । नेपालको हित चाहन्छौँ, मोदीको आगमनले द्विपक्षीय सम्बन्ध सुधार भएको छ । उहाँको वक्तव्यबाट पनि त्यो प्रष्ट हुन्छ” उनको स्पष्टोक्ति थियो ।

उनले नेपालको हित विरुद्ध एक शब्द पनि कतै लेखेको बोलेको भेट्टाए प्रमाण ल्याउन चुनौतीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक