प्रधानमन्त्री ओलीको मैथिली भाषामा आयो यस्तो ट्वीट !

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको मन जित्न मैथिली भाषामा ट्विट गर्दै आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममार्फत मधेशको विकास र समृद्धिका लागि सम्बोधन गरिने उल्लेख गरेका छन् ।

kptwitt (1)

प्रदेश २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको ज्ञापनपत्र बुझेपछि ओलीले मैथिली भाषामा ट्विट गर्दै यस्तो बताएका हुन् ।

ओलीले प्रदेश २ का सांसदहरुको सर्वदलीय प्रतिनिधिमण्डलसँगको भेटपछि लगातार तीनवटा ट्विट गरेका छन् । जसमध्ये उनले मैथिली भाषामा दुईवटा ट्वीट गर्दै मधेशको मन जित्न खोजेका छन् ।

ओलीले मधेशको शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिंचाई तथा डुबान समस्याको समाधानका लागि सांसदहरुले देखाएको अग्रसरताप्रति धन्यवाद दिएका छन् ।

गत बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्री ओलीले जनकपुरको जानकी मन्दिरबाट सम्बोधन गरेका थिए । जनकपुुर बासीलाई रिझाउनका लागि उनी जनकपुरमा मैथिली संस्कृति अनुरुपका पोशाकमा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक