१ महिना भित्र प्रदेशकाे नामंकन र राजधानी टुंगाे लगार्इन्छ : मुख्यमन्त्री रार्इ

 १ महिना भित्र सहमतिमा नै नं १ नम्बर प्रदेशकाे नामंकन र राजधानी टुंगाे लगाउने मुख्यमन्त्री शेरधन राईले बताएका छन् । अार्इतबार विराटनगरमा नेपाल पत्रकार महासंघ १ नं. प्रदेशका पदाधिकारीकाे पदस्थापन कार्यक्रममा बाेल्दै  मुख्य मन्त्री रार्इले साे कुरा बताएका हुन् ।

आउँदो जेठ महिनाभित्र सहमतिका आधारमा प्रदेशको नाम र राजधानीको टुंगो लगाउने गरी छलफल भइरहेको मन्त्री रार्इले जानकारी दिए । कार्यक्रममा बाेल्दै मुख्यमन्त्री राईले संघीयता असफल बनाउन र प्रदेश सरकारलाई असफल बनाउन विभिन्न चलखेल भइरहेको पनि बताए ।

मुख्यमन्त्री राईले विभिन्न संचारमाध्यामलाई कसैले बहकाउमा लागेर प्रदेशको राजधानी सर्दैछ भन्ने भ्रामक प्रचार गरेको प्रति आक्रोश व्यक्त गर्दै त्यसखालका बहकावमा नलागि सत्यतथ्य समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

पदस्थापनका अवसरमा बोल्दै नवनिर्वाचित १ नम्बर प्रदेश नेपाल पत्रकार महासंघका अध्यक्ष विक्रम लुईटेलले प्रदेशभरीका संचारमाध्याम र श्रमजीवि पत्रकारको हितमा आफू लाग्ने बताए ।

कार्यक्रममा १ नम्बर प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेल, नेपाली कांग्रेस १ नम्बर प्रदेशसभाका सचेतक केदार कार्की, विराटनगर महागरपालिकाका मेयर भीम पराजुलीलगायतले बोलेका थिए । पद स्थापन कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरिएकाे थियाे । महासंघकाे निर्वाचन गत बैशाख २२ गते सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता