नाकाबन्दीबाट अहिले नाकाबन्दी नहुने स्थितिमा पुग्यौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अब नाकाबन्दी नगर्ने गरी सम्बन्ध सुधार गरिएको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणबारे प्रतिनिधि सभामा जानकारी दिँदै प्रधानमन्त्री ओलीले तीन वर्षअघि नाकाबन्दीबाट अहिले नाकाबन्दी नहुने अवस्थामा दुई देशको सम्बन्ध पुगेको बताए।

Untitled-1‘त्यतिबेला म प्रधानमन्त्री थिएँ, नाकाबन्दी थियो, नाकाबन्दी नहटे म भारत जान्नँ भनें। नाकाबन्दी हटाएरमात्र म भारत गएँ,’ ओलीले भने, ‘त्यस्तो तनावपूर्ण सम्बन्धलाई सुधारेर नाकाबन्दी नहुने स्थितिमा पुगेको छ।

उनले विगतका समस्या अल्झेर बस्नुको कुनै अर्थ नहुने बताए। उत्तर र दक्षिण कोरिया, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको भावी भेटको उदाहरण दिँदै सम्बन्ध सुधारको विकल्प नभएको बताए।

‘कतिपयले ‘वान वन वान’ वार्ताको र ठूला लेनदेन गर्न हुने वार्ताको महत्व बुझ्दैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपय कुरा सामूहिक रूपमा भन्दा नसल्टिने खालका हुन्छन्, एक्लाएक्लै त्यो पनि पटकपटक छलफल गरेपछिमात्रै टुंगिन्छ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अभिव्यक्तिबाट पनि नेपाल भारत सम्बन्ध नयाँ ढंगबाट सुरु हुन थालेको छनक पाइने बताए।

‘भारतीय प्रधानमन्त्री मोदीले नेपाल सार्वभौमसत्ता, अखण्डता, प्राथमिकता र आवश्यकतामा अघि बढाउँदा चित्त नदुख्ने अभिव्यक्ति दिनुभएको छ,’ ओलीले भने, ‘यो नयाँ सम्बन्धको प्रस्थान विन्दु हो।’

उनले पहिलो पटक भारत जाँदा पनि आफूले सम्बन्धमा चिसोपनमा खुसी हुने होइन त्यसलाई हटाउने हो भनेको बताए।

‘त्यतिबेला पनि नेपाल भारत सम्बन्ध बिग्रेकोमा दुखी छौं र सम्बन्ध बिग्रनुका कारण हटाउन चाहन्छु भनेको थिएँ, अहिले सम्बन्ध सुधारको क्रममा छ, त्यसो हुनु भनेको त हामी खुसी हुनु हो,’ प्रधानमन्त्रीले भने।

भारतीय प्रधानमन्त्री मोदीले शनिबार काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दनमा दोहा¥याएर ‘नेपाल आफ्ना प्राथमिकता र आवश्यकतामा अघि बढोस् भारत साथ दिन तयार छ’ भनेका थिए।

प्रधामन्त्री ओलीले मोदीको भ्रमणका क्रममा नागरिक स्तरबाट देखाइएको सजगताका लागि पनि धन्यवाद दिए। प्रधानमन्त्री ओलीले छिट्टै चीन भ्रमणमा पनि जाने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता