प्रचण्ड जी , मैले ट्वीट गरेर तपाईँलाई टार्गेट गर्न खोजेको होइन : प्रधानमन्त्री ओली

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बिहान प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा साढे २  घण्टा लामो एकान्त वार्ता भएको छ ।

वार्तामा पार्टी एकता,  बजेट छलफल,  नीति तथा कार्यक्रम र प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको ट्वीटमा केन्द्रित रहेको उनीहरूको सचिवालय स्रोतले जनाएको छ ।

वार्ताको सुरुमै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीले गरेको ट्वीट र त्यसले उत्पन्न गरेको राजनीतिक तरंगका बारेमा सोधेको सचिवालय स्रोतले जानकारी दियो ।

“वार्ताको सुरुमै प्रचण्डले प्रधानमन्त्री ओलीले सोमबार गरेको ट्वीटको विषयमा सोध्नुभएको थियो, “प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी स्रोतले भन्यो, “किन यस्तो ट्वीट गरेको ?  तपाईंको ट्वीटले दुवै पार्टीका नेता कार्यकर्ताले पार्टी एकतालाई शंकाको दृष्टीले हेर्नुभो । भन्ने प्रश्न प्रचण्डले ओलीलाई गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले राष्ट्रियता अखण्डता, एकताको बारेमा भन्न खोजेको थिएँ, साथीहरुले पोष्ट गरिदिनुभएछ । मैले तपाईंलाई टार्गेट गर्न खोजेको होइन भन्नुभएको थियो ।”

सोमबार प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई संकेत गर्दै समीकरण बदल्न बानी परेको आरोप लगाएका थिए । ओलीले ट्वीटरमा लेखेका थिए,  “हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेका छौं ।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ। लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखा पर्छ, किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।” प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाले आजको वार्ताले पार्टी एकतामा सहजता थपिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक