कोरियाबाट किन सिक्दैनन् भारत–पाकिस्तान ?

तीन दिनदेखि सामाजिक सञ्जालमा पोस्ट भएका विचार र टिप्पणी पढ्दा–पढ्दा म पूरै अघाएको छु । सामाजिक सञ्जालका ती पोस्ट र टिप्पणीमा यदि उत्तर र दक्षिण कोरियाका नेता दोस्रो विश्वयुद्धपछि भएको विभाजनपछि तीन वर्षसम्म चलेको विनाशकारी कोरियाली युद्ध र ६५ वर्ष लामो अवधिमा सयौँ–हजारौँ टन धम्की, लाखौँ टन गाली र सिमानाका एक–एक इन्च भूमिमा सैनिकले भर्ने कार्यपछि पनि आपसमा मित्रताको हात त मिलाउनैपर्छ भन्ने निष्कर्षमा पुग्न सक्छन् भने आखिर भारत र पाकिस्तानले यस्तो किन गर्न सक्दैनन् ? भन्ने प्रश्न पटक–पटक उठाइएका छन् ।

uttar-koriya-768x366_WHdUqRdY9s

तर, मेरो विचारमा उत्तर र दक्षिण कोरियाको उदाहरण भारत र पाकिस्तानबीच ‘फिट’ हुन सक्दैन । त्यसैले, बेकारका आशा र अपेक्षाको दलदलमा गोता खाएर आफूले आफैँलाई थकाउनुको अर्थ छैन । यसो भन्नुको मुख्य कारण यो हो कि भारत र पाकिस्तान दुई अलग–अलग देश हुन् ।

जब कि कोरियाका दुवै हिस्सा ठीक त्यस्तै छन्, जस्तो पूर्वी र पश्चिमी जर्मनी अर्थात् शीतयुद्धको अवशेष । दुवै कोरिया सायद कुनै दिन जर्मनीझैँ एक हुन पनि सक्छन्, किनकि उनीहरू एक हुनै चाहन्छन् पनि । दुवै कोरियाको देश चलाउने शासन पद्धति भलै अलग–अलग छ, तर भाषा, नश्ल, रंग, खानपान र इतिहास एउटै छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर