जेठसम्ममा महासमिति बैठक आह्वान गरिने : कांग्रेस

नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरु निर्वाचनमा पराजय र सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका गलत क्रियाकलापको बचाउ गरेका छन् । उनीहरुले पार्टी पराजय हुनुको अपजस एकजनाले मात्रै लिन नहुने बताउँदै यसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायत पनि उत्तिकै दोषी रहेको आरोप लगाएका छन् ।

1218635515Congress-Baithak-(10)-(1)

बुधबार आफ्नो धारणा राख्नेहरु विमलेन्द्र निधि, प्रकाशशरण महत, मोहनबहादुर बस्नेत लगायतका नेताहरुले पौडेलको आलोचना गरेका थिए ।  तर पौडेल र सिटौला पक्ष भने यो कुरा मान्न तयार देखिएका छैनन् । उनीहरुले तत्काल महासमितिको बैठकको मिति तोकेर जानुपर्ने र त्यसले विशेष महाधिवेशनको आह्वान गर्ने बताउँदै आएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सम्भवतः आज बेलुकासम्म सबै नेताहरुले आफ्नो धारणा राखिसक्नेछन् । त्यसपछि मात्रै निर्णय लिइने उनले जानकारी दिए । कांग्रेस स्रोतका अनुसार ढिलोमा जेठसम्ममा महासमिति बैठक आह्वान गरिनेछ । आज पदाधिकारी, वरिष्ठ नेता नेता र समय रहे सभापति शेरबहादुर देउवाले पनि आफ्ना धारणा राख्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता