एमाले-माओवादी पार्टी एकता घोषणा हुनमात्रै बाँकी

गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताएका छन्।  आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उनले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु पनि तय भइसकेको बताए । 

संयोजन समितिले मिति तोक्नमात्रै बाँकी रहेको छ भन्दै गृहमन्त्री थापाले सामान्य प्राविधिक कारण ऐतिहासिक दिन वैशाख ९ गते एकता घोषणा हुन नसकेको प्रष्ट्याए । “जनयुद्धको भूमिकालाई संलेषण गर्ने र संगठनात्मक विषयमा नेतृत्वको संरचना कस्तो हुने भन्ने विषय पनि टुंगिइसकेको छ ।” उनले भने, “बाँकी टुङ्ग्याउनु पर्ने विषय छैन । छिट्टै नै एकताको घोषणा हुन्छ ।” 

नेकपा माओवादी केन्द्र र नेकपा एमालेका सबै नेताको व्यवस्थापन गर्ने विषय पनि अन्तरिम विधानमार्फत टुंगो लागेको र केन्द्र, प्रदेश र जिल्लामा दुई पदीय नेतृत्व रहने छ भन्दै गृहमन्त्री थापाले कोही कसैका कारण दुई पार्टीको एकतामा असर नपर्ने उल्लेख गरे । 

अर्को एक प्रश्नमा मन्त्री थापाले प्रहरीको संरचना संघीय र प्रादेशिक हुने र त्यसका लागि मन्त्रिपरिषद्ले निर्देश गरिसकेको छ भने । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता